नेसनल प्याब्सनले शिक्षण पद्धति र नेतृत्व बिकाशको तालिम संचालन गर्ने

कमल पंथी,काठमाडौंः नेसनल प्याब्सन केन्द्रिय शैक्षिक तथा तालिम बिभागको आयोजनामा असार १९ गतेदेखि २१ गते सम्म साँझ ६बजेदेखि ८ बजेसम्म बिद्यालयहरुका प्रिन्सिपल, सह-प्रिन्सिपल, को-अर्डिनेटर तथा इन्चार्ज हरुलाई बिशेष तालिमको ब्यबस्था गरिने जानाकारी नेसनल प्याब्सन केन्द्रिय महासचिब श्री पारसमणि दाहालद्वारा जानाकारी गराइएको छ।

निजि बिद्यालयलाई समयसापेक्ष सबल र एक्काइसौ सताब्दी अनुरुप अगाडि बढाउनको लागि विभिन्न समयमा बिभिन प्रकारका कार्यक्रमहरु, तालिमहरु तथा सेमिनार गोष्टी गर्दै आएको छ। बिद्यालयको पठनपाठन लाई व्यबस्थित गर्ने मात्र नभएर समग्र शिक्षण पद्धतीको बिकास तथा नेतृत्वबिकाशका बिविद बिषयमा दिइने प्रशिक्षणको को-अर्डिनेसन काठमाडौ बिश्वबिद्यालय शिक्षा संकायले गर्ने भएको छ।

यो कार्यक्रमको प्रमुख प्रशिक्षकको रूपमा प्रोफेसर बालचन्द्र लुइटेल, डा. धनपति सुबेदी, प्रोफेसर लक्ष्मण ज्ञवाली र विनोद प्रसाद पन्थ रहेको र कार्यक्रममा मोडियटर भने बिकाश महर्जनले गर्ने भएका छन्। कार्यक्रमको समापनमा नेसनल प्याब्सनका अध्यक्ष पाण्डब हमालले कार्यक्रमको आबश्यकता, औचित्य एव कार्यक्रमको समग्र विषय बस्तुमा प्रकास पारिने भएको छ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago