नेसनल प्याब्सनले शिक्षण पद्धति र नेतृत्व बिकाशको तालिम संचालन गर्ने

कमल पंथी,काठमाडौंः नेसनल प्याब्सन केन्द्रिय शैक्षिक तथा तालिम बिभागको आयोजनामा असार १९ गतेदेखि २१ गते सम्म साँझ ६बजेदेखि ८ बजेसम्म बिद्यालयहरुका प्रिन्सिपल, सह-प्रिन्सिपल, को-अर्डिनेटर तथा इन्चार्ज हरुलाई बिशेष तालिमको ब्यबस्था गरिने जानाकारी नेसनल प्याब्सन केन्द्रिय महासचिब श्री पारसमणि दाहालद्वारा जानाकारी गराइएको छ।

निजि बिद्यालयलाई समयसापेक्ष सबल र एक्काइसौ सताब्दी अनुरुप अगाडि बढाउनको लागि विभिन्न समयमा बिभिन प्रकारका कार्यक्रमहरु, तालिमहरु तथा सेमिनार गोष्टी गर्दै आएको छ। बिद्यालयको पठनपाठन लाई व्यबस्थित गर्ने मात्र नभएर समग्र शिक्षण पद्धतीको बिकास तथा नेतृत्वबिकाशका बिविद बिषयमा दिइने प्रशिक्षणको को-अर्डिनेसन काठमाडौ बिश्वबिद्यालय शिक्षा संकायले गर्ने भएको छ।

यो कार्यक्रमको प्रमुख प्रशिक्षकको रूपमा प्रोफेसर बालचन्द्र लुइटेल, डा. धनपति सुबेदी, प्रोफेसर लक्ष्मण ज्ञवाली र विनोद प्रसाद पन्थ रहेको र कार्यक्रममा मोडियटर भने बिकाश महर्जनले गर्ने भएका छन्। कार्यक्रमको समापनमा नेसनल प्याब्सनका अध्यक्ष पाण्डब हमालले कार्यक्रमको आबश्यकता, औचित्य एव कार्यक्रमको समग्र विषय बस्तुमा प्रकास पारिने भएको छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago