‘सुर्तीजन्य पदार्थ सेवन कारण नेपालमा २३ प्रतिशत मानिसको मृत्यु’

काठमाडौँ – सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा २३ प्रतिशत मानिसको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ। सोमबार विश्व सुर्तीजन्य पदार्थररहित दिवसको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईंले वर्षेनी नेपालमा २३ प्रतिशत मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थका सेवनका कारण हुने गरेको बताएकी हुन्।

‘विश्वभर ९६ लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गरेको पाइएको छ। त्यसमध्ये पनि ८५ प्रतिशत मानिसको मृत्यु फोक्सोको क्यान्सरका कारण हुने गरेको छ’, उनले भनिन्, ‘नेपालमा भने २३ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थको सेवनबाट ज्यान गुमाउने गरेका छन्।’

डा. चापागाईंका अनुसार ६ सय वटा केमिकल तत्व मिलेर चुरोट बनेको हुन्छ। उनले भनिन्, ‘त्यही ६ सय वटा केमिकललाई जलाउँदा ७ हजार बटा केमिकल तत्वहरु निस्कन्छन्। ती तत्वहरुले मानिसको मानसिक र शारीरिक दुवैलाई असर गरिरहेको हुन्छ।’त्यस्तै कार्यक्रममा बोल्दै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले आफ्नो दोस्रो कार्यकालमा ललितपुर महानगरमा ‘स्मोक फ्रि सिटी’ बनाउने बताए।

‘ललितपुरलाई हेल्दी सिटी बनाउने हाम्रो अभियानअन्तर्गत ‘स्मोक फ्रि सिटी’ बनाउने छौँ। सुर्तीजन्य पदार्थ नियन्त्रण गर्नका लागि ललितपुरमा नगर प्रहरीहरु परिचालन गरेर सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ नियन्त्रणका कार्यक्रम भइरहेको छ। उक्त स्थानलाई ‘नो स्मोकिङ जोन’ भनेर छुट्याइसकेको छ’, उनले भने, ‘भोलिदेखि सुर्तीजन्य पदार्थरहित दिवसको दिन पारेर सुर्तीजन्य पदार्थ विरुद्ध घरदैलो कार्यक्रम गर्दैछौँ।’

महजर्नले सुर्तीजन्य पदार्थको नियन्त्रण सजिलो काम नभए पनि यसको सुरुवात आफैबाट गर्नुपर्ने बताए। कार्यक्रममा ललितपुर महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुलाई उनको कामको उच्च कदर गर्दै सम्मानसमेत गरिएको थियो। हरेक वर्ष मे ३१ का दिन विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाउने गरिन्छ। कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ललितपुर महानगरपालिका, द यूनियन, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालको संयुक्त आयोजनामा गरिएको थियो।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago