किभ: राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको युक्रेन भ्रमणका क्रममा राजधानी किभमा हवाई हमला गरेको रुसले पुष्टि गरेको छ । रुसले दुई सातापछि पहिलो पटक क्षेप्यास्त्र प्रहार गरेको हो । हमलामा एक युक्रेनी पत्रकार मारिएकी छिन् ।
हमलामा अमेरिकी अनुदान प्राप्त रेडियो फ्री युरोप÷रेडियो लिबर्टीकी निर्माता भेरा ग्यारिचको मृत्यु भएको हो । राजधानी किभमा उनी बस्ने भवनमा रुसी क्षेप्यास्त्र प्रहारबाट ग्यारिचको मृत्यु भएको मिडिया समूहले जनाएको छ ।
उच्च सटीक र लामो दूरीको हावामा आधारित हतियार तैनाथ गरेको र त्यसले राजधानी किभमा आर्टियोम मिसाइल र अन्तरिक्ष उद्यम उत्पादन भवनहरू ध्वस्त पारेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेन संकटबारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच वार्ता भइरहेका बेला किभमा रुसी हमला भएको थियो । एजेन्सी
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…