किभ: राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको युक्रेन भ्रमणका क्रममा राजधानी किभमा हवाई हमला गरेको रुसले पुष्टि गरेको छ । रुसले दुई सातापछि पहिलो पटक क्षेप्यास्त्र प्रहार गरेको हो । हमलामा एक युक्रेनी पत्रकार मारिएकी छिन् ।

हमलामा अमेरिकी अनुदान प्राप्त रेडियो फ्री युरोप÷रेडियो लिबर्टीकी निर्माता भेरा ग्यारिचको मृत्यु भएको हो । राजधानी किभमा उनी बस्ने भवनमा रुसी क्षेप्यास्त्र प्रहारबाट ग्यारिचको मृत्यु भएको मिडिया समूहले जनाएको छ ।

उच्च सटीक र लामो दूरीको हावामा आधारित हतियार तैनाथ गरेको र त्यसले राजधानी किभमा आर्टियोम मिसाइल र अन्तरिक्ष उद्यम उत्पादन भवनहरू ध्वस्त पारेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेन संकटबारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच वार्ता भइरहेका बेला किभमा रुसी हमला भएको थियो । एजेन्सी

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago