काठमाडौँ: आसन्न स्थानीय तह चुनावका लागि कार्यसूचीअनुसार शुक्रबार साँझ ५ बजेसम्म करिब चार हजार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जसमा विभिन्न राजनीतिक दलमा सक्रिय रहेका नेता तथा कार्यकर्ताहरु पार्टीको टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका छन् ।
पार्टी निर्णयविरुद्ध बागी बनेका केहीले पार्टी नेतृत्वको निर्देशनलाई शिरोधार्य र कतिले व्यवस्थापनको आश्वासनमै पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका ऋषि सापकोटा र नन्दप्रसाद तिवारीले मनोनयन फिर्ता लिएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका दुबैले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन फिर्ता लिएका हुन् । तर अझै केही उम्मेदवारी भने अझै कायम रहेको छ । जसलै वैशाख ३० गते हुने चुनावी परिणामलाई प्रत्यक्षरुपमा प्रभावित बनाउने देखिन्छ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मनोनयन गराएकाहरुलाई उम्मेदवारी फिर्ता गराउन डर, धाकधम्कीलगायतका हर्कत नगर्न राजनीतिक दल, तीनका भ्रातृ संगठन र सरोकारवालाहरुलाई चेतावनी दिएको थियो ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिहरू लोकतन्त्रमाथि आघात पुर्‍याउने र संविधान र कानुनविपरीत भएको स्मरण गराएको थियो ।

चितवन

भरतपुर महानगरपालिका

कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी कायम राखेपछि भरतपुर महानगरपालिकामा वैशाख ३० गते हुने स्थानीय तह चुनाव रोचक हुने देखिएको छ ।

५ दलीय गठबन्धनको तर्फबाट नेकपा मा‌ओवादी केन्द्रको भागमा भरतपुर महानगरपालिकको मेयरपछि असन्तुष्ट रहेका कांग्रेसको तर्फबाट पौडेलले उम्मेदवारी दिएका हुन् ।

२०४८ सालको स्थानीय तह चुनावमा भरतपुर नगरपालिकका उपमेयर जितेका पौडेल राष्ट्रिय सभाका पूर्वसांसद हुन् । पौडेलको उम्मेदवार फिर्ता गराउनका लागि निकै कोसिस भएको थियो । तर पौडेल उम्मेदवार बन्ने अडानबाट टसमस भएनन् । सो महानगरपालिकामा माओवादी केन्द्रबाट निवर्तमान मेयर रेनु दाहाल उम्मेदवार रहेकी छिन् । उनी अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन् । २०७४ मा भएको स्थानीय तह चुनावमा पनि कांग्रेससँगको गठबन्धनबाटै दाहालले चुनाव जितेकी थिइन् । सो महानगरपालिमा एमालेको तर्फबाट विजय सुवेदी उम्मेदवार रहेका छन् ।

कास्की

पोखरा महानगरपालिका

कांग्रेसका नेता विमल कार्कीले पोखरा महानगरपालिका स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छैनन् । पाँच दलीय गठबन्धनमा सो महानगरपालिका नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो । गठबन्धनको तर्फबाट धनराज आचार्य मेयरका उम्मेदवार रहेका छन् । त्यसैगरी नेकपा एमालेले पूर्वमेयर कृष्ण थापा उम्मेदवार रहेका छन् ।

धनुषा

जनकपुर उपमहानगरपालिका

जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसबाट बागी मनोज साहले उम्मेदवारी फिर्ता लिएनन् । शुक्रबार पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय थियो । उनी साँझ पनि चुनावी प्रचारप्रसारमा लागेका छन् ।

जनकपुर उपमहानगरपालिको प्रमुखमा जनता समाजवादी पार्टीबाट गठबन्धनका लालकिशोर साह प्रमुखका उम्मेदवार हुन् । कांग्रेसबाट गठबन्धनमा उपप्रमुखमा किशोरी साहलाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट प्रमुखमा बागी उम्मेदवार रहेका मनोज साहलाई फकाउन दुई दिनअघि कांग्रेस नेता विमलेन्द्र निधि जनकपुर आएका थिए ।

बागलुङ

ताराखोला गाउँपालिका

बागलुङको ताराखोला गाउँपालिकाका निर्वतमान अध्यक्ष प्रकाश घर्तीले बागी उम्मेदवारी कायमै राखेका छन् । उनले गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएका थिए । घर्तीलाई माओवादीको गाउँ कमिटीले निर्विरोध अध्यक्षका लागि सिफारिस गरेको थियो । जिल्लाले भने फरक उम्मेदवारी दिएपछि उनी बागी उठेका हुन् । गठबन्धनले धनबहादुर विकलाई उम्मेदवार बनाएको छ । विक पनि माओवादीकै नेता हुन् । यहाँ उपाध्यक्षको उम्मेदवार भने कांग्रेसले पाएको छ ।

गलकोट नगरपालिका

कांग्रेस महाधिवेशन प्रतिनिधि मञ्जु शर्मा चालिसेले गलकोट नगरपालिकाको प्रमुखमा दिएको बागी उम्मेदवारी पनि फिर्ता गरेकी छैनन् । टिकट नपाएपछि मनोनयनको दिन हेलिकप्टरमा पोखरादेखि गलकोट पुगेर मनोनयन दर्ता गराएकी थिइन् । गलकोटमा गठबन्धनबाट कांग्रेसकै भरत शर्मा गैरे नगरप्रमुखका उम्मेदवार छन् । यहाँ उपप्रमुखको उम्मेदवार रहेका फललाल निउरेविरुद्ध माओवादीकै नगर अध्यक्ष तिलक उप्रेतीले बागी उम्मेदवारी कायम राखेका छन् ।

काठेखोला गाउँपालिका

काठेखोला गाउँपालिका अध्यक्षमा बागी उम्मेदवारी दिएका कांग्रेसका यामदत्त कँडेलले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । यहाँ कांग्रेसकै राजु थापा अध्यक्षका उम्मेदवार छन् । यसैगरी निसीखोला गाउँपालिकाको अध्यक्षमा कांग्रेसका अञ्चल शाही र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाको जुनविक्रम शाहीको स्वतन्त्र उम्मेदवारी कायम रहेको छ ।

त्यसैगरी पूर्वी नवलपरासीमा विनयी त्रिवेणी गाउँपालिकाका प्रमुखमा कांग्रेसका विष्णु ढकाल, स्याङ्जाको वालिङ नगरपालिकाको प्रमुखमा राजमोका राजेन्द्र गैरे, अर्जुन चौपारी गाउँपालिकाका उपाध्यक्षमा एमालेका एकनारायण काफ्लेको स्वतन्त्र उम्मेदवारी रहेको छ ।

पर्वतको कुश्मा नगरपालिकाको उपप्रमुखमा मा‌ओवादी केन्द्रका शालिग्राम शर्मा, तनहुँको शुक्लगण्डकी नगरपालिकाको प्रमुखमा काँग्रेसका महेश्वर भट्टराई, देवघाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका छवीजंग ठकुरी, रिसिङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका श्रीराम आले, आबुखैरेनी गाउँपालिकाका उपाध्यक्षमा चिजा श्रेष्ठले स्वतन्त्र उम्मेदवार दिएका छन् ।

लमजुङको बेँसीसहर नगरपालिकाको उपप्रमुखमा कांग्रेसका जीवनकुमार श्रेष्ठ, सुन्दरबजार नगरपालिकको उपप्रमुखमा द्वारिकाप्रसाद मिश्र, राइनास नगरपालिको प्रमुखमा मा‌‌ओवादी केन्द्रका भरत पराजुली, उपप्रमुखमा कांग्रेसका जनकराज न्यौपाने, उपप्रमुखमै कांग्रेसका विष्णुमाया न्यौपाने धिताल, मध्यनेपाल नगरपालिका प्रमुखमा मा‌ओवादी केन्द्रका प्रभुराज घिमिरे, मध्य नेपालको उप प्रमुखमा जसपाका गेहराज पौडेल, दोर्दी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका हरिचन्द्र पण्डित, जसपाका खेमजंग गुरुङ, दूधपोखरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका खुशीमान गुरुङको स्वतन्त्र उम्मेदवारी रहेको छ ।

यसैगरी रसुवाको उत्तरगया गाउँपालिकाकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका नेताहरु विजय तामाङ र सिर्जना तामाङको स्वतन्त्र उम्मेदवारी रहेको छ । काभ्रेको धुलिखेल नगरपालिकाको प्रमुखमा कांग्रेसका विदुरबहादुर बस्नेत, महाभारत गाउँपालिका उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका घनश्याम आले, दोलखाको जिरी नगरपालिकाको प्रमुखमा मा‌ओवादी केन्द्रका गेल्बु शेर्पा, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको उपप्रमुखमा कांग्रेसका नेत्रबहादुर तामाङ, भोटेकोसी गाउँपालिकको अध्यक्षमा माओवादी केन्द्रका दीपेन्द्रकुमार श्रेष्ठको स्वतन्त्र उम्मेदवारी रहेको छ ।

धादिङको नेत्रावती डब्जुङ गाउँपालिकाको अध्यक्षमा एमालेका उत्तम अधिकारी, कांग्रेसका टेकजंग लामा, थाक्रे गाउँपालिकाको अध्यक्षमा एमालेका गोकर्ण रुपाखेती, उपाध्यक्षमा एमालेकी उर्मिला रेग्मी, नीलकण्ठ नगरपालिकाको प्रमुखमा कांग्रेसका भवनाथ अधिकारी, उप प्रमुखका कांग्रेसकी कल्पाना अधिकारी, ज्वालामुखी गाँउपालिकाको अध्यक्षमा कांग्रेसका रामप्रसाद श्रेष्ठ, खनियाँबास गाउँपालिकाका अध्यक्षमा कांग्रेसका फूलबहादुर तामाङ र शेरबहादुर तामाङको स्वतन्त्र उम्मेदवारी रहेको छ ।

त्यसैगरी हुम्लाको सीमकोटको उपाध्यक्षमा कांग्रेसका दीपबहादुर सिंह, रौतहटको चन्द्रपुर नगरपालिकका प्रमुखमा कांग्रेसका रामचन्द्र चौधरी, सुनसरीको बराहक्षेत्र नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका रामबहादुर विष्ट, एमालेका राजु अधिकारी र रत्नबहादुर कटवाल स्वतन्त्र उम्मेदवारी रहेको छ । त्यसैगरी ओखलढुंगाको सिद्धिचरणको नगरपालिकाको प्रमुखमा एमालेका सीताराम गुरुङ, लिखु गाउँपालिकाका अध्यक्षमा कांग्रेसका राजन सुबेदी र उपाध्यक्षमा एमालेकी शुभद्रा कटवाल, खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका महेश कोर्मोचा, चम्पादेवी गाउँपालिकाको अध्यक्षमा एमालेका खेम मिश्र स्वतन्त्र उम्मेदवार रहेका छन् ।

त्यसैगरी उदयपुरको कटारी नगरपालिका प्रमुखमा एमालेकी भीमकुमारी राउत र प्रेम गौतम, मा‌ओवादीका केपी शराब, कांग्रेसका चिनमाया सुनुवार, उपप्रमुखमा कृष्ण थापा स्वतन्त्र उम्मेदवारी रहेको छ ।

त्यसैगरी ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अध्यक्षमा मा‌ओवादी केन्द्रका जीवनकुमार ताम्लिङको उम्मेदवारी रहेको छ ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago