काठमाडौं: नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीलाई बैंकिङ कारोबार अवधिभर सुचारी गर्ने व्यवस्था गरेको छ । आरटिजिएस प्रणाली मार्फत सर्वसाधारणले कारोबार गर्न सक्ने समय सिमा आगामी बैशाख २ गतेदेखि लागु हुने गरी कारोबार अवधि बढाइएको हो ।
माघ १६ गतेदेखि कार्तिक १५ गतेसम्म विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान ९ बजेदेखि अपरान्ह ४ गतेसम्म सुचारी हुनेछ । त्यस्तै प्रत्येक शुक्रवार विहान ९ बजेदेखि अपरान्ह साढे एक बजेसम्म सुचारी हुने राष्ट्र बैंकले जनाएको छ ।
यस प्रणाली मार्फत बैंकहरुले एकैपटक एउटा बैंकबाट अर्को बैंकको खातामा रकम पठाउन सक्ने छन् । तर, यस्तो सुविधा २० लाख रुपैयाँभन्दा बढीको कारोबारमा मात्र उपलब्ध छ । आकस्मिक भुक्तानी गर्नुपर्ने अवस्थामा कम्तीमा दुई लाख रुपैयाँसम्मको भुक्तानी यो प्रणालीमार्फत गर्न सकिने व्यवस्था छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…