सबै उपसूचकमा हरीयाली, नेप्से ४० अंकले बढ्यो, सिद्धार्थ इन्स्योरेन्सको सर्वाधिक कारोबार

काठमाडौं: आज शेयर बजार नेप्से परिसूचक ४० दशमलव ६८ अंकले बढेर २,५६८ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज १७८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १३ वटा कम्पनीको मात्र शेयर मुल्य घटेको छ । आज सबै उपसूचक हरियाली भएका छन् । आज सबैभन्दा धेरै अन्य उपसूचक ४ दशमलव १२ प्रतिशतले बढेको छ ।

आज दिनभरिमा २३२ वटा कम्पनीको ४५ करोड २ लाख ५११ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २५ करोड १ लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ११ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य भने १ हजार २५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, प्रभु बैंकको संस्थापक शेयर १० करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १० करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ६ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालका शेयरधनीले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावर कम्पनीका लगानकिर्ताले ९ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै एनसीसी डिबेञ्चर ८६ का इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले २ प्रतिशतका दरले गुमाएका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago