सबै उपसूचकमा हरीयाली, नेप्से ४० अंकले बढ्यो, सिद्धार्थ इन्स्योरेन्सको सर्वाधिक कारोबार

काठमाडौं: आज शेयर बजार नेप्से परिसूचक ४० दशमलव ६८ अंकले बढेर २,५६८ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज १७८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १३ वटा कम्पनीको मात्र शेयर मुल्य घटेको छ । आज सबै उपसूचक हरियाली भएका छन् । आज सबैभन्दा धेरै अन्य उपसूचक ४ दशमलव १२ प्रतिशतले बढेको छ ।

आज दिनभरिमा २३२ वटा कम्पनीको ४५ करोड २ लाख ५११ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २५ करोड १ लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ११ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य भने १ हजार २५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, प्रभु बैंकको संस्थापक शेयर १० करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १० करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ६ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालका शेयरधनीले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावर कम्पनीका लगानकिर्ताले ९ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै एनसीसी डिबेञ्चर ८६ का इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले २ प्रतिशतका दरले गुमाएका छन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago