घर-सडक कब्जा , क्युबामा गँगटो आतंक !

काठमाडौं: कम्युनिष्ट मुलुक क्युबा पछिल्लो समय गँगटो आतंकबाट पीडित बनेको छ । गँगटोका झुण्डले क्युबाका धेरै तटीय क्षेत्रमा आतंक मच्चाइरहेका छन् । यस्तो लाग्दछ कि मानिससँग बदला लिनका लागि गँगटाहरू समुद्रबाट बाहिर निस्किएर वस्तीमा छिरिरहेका छन् ।
रातो, कालो, पहेंलो तथा सुन्तलालगायतका विभिन्न रङका गँगटाहरूले खाडीदेखि सडकसम्म र जंगलदेखि घरसम्म हरेक ठाउँमा कब्जा गरेका छन् ।
बे अफ पिग्स हालको गँगटा आतंकबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो । हुनत क्युबामा समुद्रबाट जमिनमा गँगटा आउने कुरा नौलो होइन र यो हरेक वर्ष हुन्छ । तर, यसपटक गँगटाहरू निकै छिटो निस्किए । जसको तयारी स्थानीय सरकार तथा सर्वसाधारणहरूले गरेका थिएनन् । गँगटाको लागि कोरोनाकाल सबैभन्दा लाभदायी समय थियो ।

कोरोनाकालमा भएको लकडाउनका कारण दुई वर्षसम्म मानवीय गतिविधिहरू लगभग बन्द भए । जंगल, समुद्री क्षेत्र, सडक आदि ठाउँमा मानिसको आवजावत बन्द भयो । गँगटाहरूलाई प्रकृतिले मौका दियो र स्वतन्त्रता पनि । यसले गँगटालाई यत्रतत्र फैलिन र अधिकतम प्रजनन गर्ने मौका दियो । जसका कारण क्युबामा गँगटाको संख्या अत्यधिक बढ्न पुग्यो । संख्यामात्र होइन गँगटाको आकार पनि निकै बढेको छ ।

क्युबाको वातावरण मन्त्रालयका वैज्ञानिक रिनाल्डो सन्टानाका अनुसार यो वर्ष गँगटा किन छिटो बाहिर निस्किए भन्ने कुराको खोजी भैरहेको छ । कोरोना कालमा गँगटाको संख्या बढेर यस्तो भएको हो वा अन्य कुनै प्राकृतिक कारणले हो ? भनेर वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन् । क्युबामा वसन्तु ऋतुमा हुने वर्षाको मज्जा लिन आएका पर्यटकहरू यस वर्ष भयानक गँगटो आतंकका कारण पीडित बनेका छन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago