बीआरआई अगाडि नबढाउनु, यो ब्लण्डर हो -रघुजी पन्त

२०७८, १६ चैत्र बुधबार १०:३१

काठमाडौं: स्थानीय चुनावबारे छलफल गर्न बसेको नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा वाम तालमेल र एकताको विषयले पनि प्रवेश पायो । घनश्याम भुसालले तालमेल र एकताकै प्रस्ताव राखे भने रघुजी पन्तको प्रस्ताव थियो- वाम एकता र तालमेलको विरोधी देखिनुभएन ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)सँग भने तत्काल एमालेको तालमेल नहुने पन्त बताउँछन् । स्थानीय चुनावको नतिजाले संसदीय निर्वाचनमा भने तालमेलको ढोका खोल्न सक्ने उनले बताए ।

स्थानीय चुनावमै नेपालका वामबीच तालमेल गराउन चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) लागेको आशंकालाई खण्डन गर्ने पन्त चिनियाँ विदेशमन्त्रीको भ्रमणमा बीआरआईबारे सरकारले देखाएको बेवास्ताप्रति असन्तुष्ट छन् ।

भन्छन्, ‘वाङ यीको भ्रमणमा जसरी नेपाल प्रस्तुत भयो, कसको दबावमा परेर हो नेपाल सरकार चिनियाँ सहयोग लिन अनिच्छुक रहेको सन्देश गएको छ । यो हाम्रो परराष्ट्र नीतिमा देखिएको विचलन हो ।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु