काठमाडौँ: ‘आवश्यकताका आधारमा’ मात्रै तालमेल गर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय कार्यान्वयन हुनेमा सत्ता साझेदार माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलका नेताले शंका व्यक्त गरेका छन् । उनीहरूले गठबन्धनको बैठक तत्काल बसेर तालमेलको ढाँचासहितको रणनीतिमा छलफल गर्ने जनाएका छन् ।

पाँचदलीय गठबन्धनका नेताले आगामी स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक समझदारी गरेका थिए । तर कांग्रेसले केन्द्रबाट महानगरपालिका प्रमुख र उपप्रमुखका लागि मात्र तालमेल हुन सक्ने निर्णय गरेको छ ।
‘कांग्रेसको निर्णयको वास्तविक मर्म, अभिप्राय के हो भनेर उहाँहरू (कांग्रेस) सँग छलफल गर्नुपर्ने हुन्छ,’ माओवादी नेता नारायणकाजी श्रेष्ठले भने । माओवादीको फागुन २२ मा बसेको केन्द्रीय समिति बैठकले स्थानीय चुनावमा गठबन्धनका लागि सत्तासाझेदार दलसँग वार्ता थाल्ने र अन्य पार्टीसँग समन्वय गर्ने निर्णय गरेको थियो ।

एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुसालले कांग्रेसको निर्णय व्यवहारमा कसरी लागू गर्ने भन्नेमा छिट्टै छलफल हुने बताए ।

स्थानीय आवश्यकताअनुसार जोसँग पनि गठबन्धन गर्न सकिने भनेर कांग्रेसको निर्णय आएको भए स्थिति अर्कै हुन्थ्यो । जहाँ तालमेल हुन्छ, गठबन्धनका दलसँग हुन्छ भन्ने निर्णय आएको बुझिन्छ । यो सकारात्मक कुरा हो तर स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णयले समस्या सिर्जना हुन पनि सक्छ,’ उनले भने, ‘अब गठबन्धनको बैठक बसेपछि मोडालिटी के हुने भन्नेबारे स्पष्ट होला ।’ एकीकृत समाजवादीले फागुन २७ मा केन्द्रीय कमिटी बैठकबाट ‘गठबन्धनमा रहेका सम्पूर्ण दलहरूसँग सहकार्य गरी लोकतन्त्र र संविधानको रक्षा गर्दै स्थानीय निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई अत्यधिक स्थानमा निर्वाचित गराउन आग्रह’ गरेको थियो ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सबै दलले गठबन्धन गर्ने सैद्धान्तिक निर्णय गरेको उल्लेख गर्दै अब स्थानीय आवश्यकताका आधारमा व्यवहारमा लागू हुने बताए । ‘व्यावहारिक हिसाबले स्थानीय स्थिति हेरेर स्थानीय तहबाटै तालमेलको निर्णय गर्नुपर्ने हुन्छ । एक्लै जित्ने ठाउँमा गठबन्धन गर्नुपरेन । मिलेर जित्नुपर्ने भयो भने दुई वा तीन दल मिल्ने हुन सक्छ । पाँचै दल मिल्ने पनि हुन सक्छ,’ उनले भने । फागुन अन्तिममा जसपा केन्द्रीय कार्यकारिणी समितिले आवश्यकताअनुसार तालमेल गर्ने निर्णय गरेको थियो ।

नेताहरूका अनुसार तालमेलको ढाँचालाई लिएर शीर्ष नेताबीच तीन प्रस्तावमा छलफल अगाडि बढेको छ । पहिलो, राष्ट्रिय सभाको चुनावमा जस्तै आ–आफ्नो सिट राखेर एमालेले जितेका ठाउँमा भागबन्डा गर्ने । दोस्रो, ५०–५० का आधारमा कांग्रेसलाई आधा र अन्य दललाई आधा उमेदवार भाग लगाउने ।

तेस्रो, स्थानीय तहमा पाएको मतका आधारमा जहाँ जसको धेरै मत छ उसैलाई प्रमुख, दोस्रो मत पाउनेलाई उपप्रमुखको उम्मेदवार दिने । यी प्रस्तावमा विस्तृत छलफल भने नभएको नेताहरूले जनाएका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संविधान बचाउन गठबन्धनका दलको योगदान महत्त्वपूर्ण रहेको भन्दै स्थानीय चुनावमा मात्र नभई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म नै गठबन्धनलाई लैजानुपर्ने मत राख्दै आएका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago