काठमाडौँ: पोर्चुगल र पोल्यान्ड मंगलबार कतारमा यसै वर्ष हुने विश्वकपका लागि छनोट भएका छन् । युरोपेली प्ले अफमा पोर्चुगलले नर्थ मेसेडोनिया र पोल्यान्डले स्विडेनलाई समान २–० ले हरायो ।
पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । नर्थ मेसेडोनियाले यसअगाडि इटालीलाई पराजित गरेको थियो । नर्थ मेसेडोनियासँगको हारसँगै विश्वविजेता इटाली विश्वकप छनोट चरणबाटै बाहिरिएको थियो ।
पोल्यान्डको जितमा भने रोबर्ट लेवनडोस्कीले पेनाल्टीबाट पहिलो गोल गरेपछि पिटर जिलिन्स्कीले दोस्रो गोल थपे ।अफ्रिकाबाट भने त्यहाँको च्याम्पियन सेनेगल, क्यामरुन, घाना, मोरक्को र ट्युनिसिया विश्वकपका लागि छनोट भएका छन् ।
साडियो मानेले टाइब्रेकरमा गोल गरेपछि सेनेगलले इजिप्टलाई हराएर विश्वकपको टिकट काटेको हो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…