पुर्व संविधान सभा सदस्य दुमन सिंह थापाको ६२ बर्षको उमेरमा निधन

काठमाडौं: एमालेबाट निर्वाचित पुर्व संविधान सभा सदस्य दुमन सिंह थापाको आज आईतवार ६२ बर्षको उमेरमा काठमाडौंको हेम्स हस्पिटलमा सघन उपचारको क्रममा निधन भएको हो ।

थापालाई कोरोना संक्रमणका भएको बताइएको छ । थापाको करिब दुई बर्ष अगाडि मृगौला प्रत्यारोपण भएको थियो । साथै केहि दिन अगाडि साइड इफेक्ट भई थापालाई काठमाडौंको हेम्स हस्पिटलमा सघन उपचार गरिरहेको थियो ।

नरपानीमा जन्मेका थापाले ०७० सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट संबिधान सभामा तत्कालीन एमालेबाट चुनाव जितेका थिए । पछिल्लो समय उहाँ नेकपा (एकीकृत समाजवादी)मा थिए ।

दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची जिल्ला क्षेत्र नं. २ बाट नेकपा एमालेबाट विजयी भएका थापाले १६६५० मत प्राप्त गरेका थिए । प्रतिद्वन्दी नेपाली काँग्रेसले १४०३६ मत ल्याएको छ भने एकीकृत नेकपा माओवादी ६८८० मतका साथ तेश्रो स्थानमा रहेको थिए ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago