जेठमा निर्वाचन गर्ने निर्णय गरेको २४ घण्टा नबित्दै प्रमुख निर्वाचन आयुक्तले यस्तो भने पछि गठबन्धनमा हलचल !

सत्तारुढ गठबन्धनको बैठकले आगामी जेठ भित्र स्थानिय तहको निर्वाचन गर्ने गरि मिती निर्धारण गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको २४ घण्टा नवित्दै प्रमुख निर्वाचन आयुत्तले भने फरक मत राखेका छन् ।
ऐन अनुसार वैशाखमा नै या बढिमा जेठ ५ गते भन्दा अघिनै स्थानिय तहको निर्वाचन गरिसक्नु पर्ने बाध्यता भए पनि गठबन्धनले चलाखी गरेर जेठ भित्र निर्वाचन गर्ने नयाँ प्रस्ताव गरे पछि प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जेठ ५ गते भित्रनै निर्वाचन गरिसक्नु पर्ने मत राखेका छन् ।
काठमाडौं: सत्तागठबन्धनको बैठक बाटै प्रमुख निर्वाचन आयुक्तलाई टेलिफोन गरेर जेठ महिना भित्र निर्वाचन गरिसक्दा खास फरक नपर्ने राय दिए बमोजिम गटबन्धनको बैठकले त्यस्तो निर्णय गरेको बताइ पनि प्रमखु निर्वाचन आयुक्त थपलियाले ऐन ले गरेको व्यवस्था बमोजिम जेठ ५ अघिनै निर्वाचन हुनु पर्ने बताएका छन् ।

ऐन संशोधन गरेर स्थानीय तहको निर्वाचन ६ महिना धकेल्ने पक्षमा रहेको सत्तारूढ गठबन्धनमा शनिबार आउँदो जेठ महिनाभित्र निर्वाचन गर्ने सहमति जुट्यो ।निर्वाचन आयोगको परामर्शमा मिति तोकिने भनिए पनि परामर्शका लागि हालसम्म जानकारी गराइएको छैन । परामर्शका लागि आफूहरू तयार नै रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया बताउँछन् ।

गठबन्धनको निर्णयसँगै अब निर्वाचन हुने देखिएको उनले बताए । “अब निर्वाचन हुने देखियो । खबर आउनेबित्तिकै परामर्शका लागि हामी तयार छौँ । हालसम्म खबर आइसकेको छैन,” उनले भने । सत्ता गठबन्धनले ऐन संशोधन गरेर जेठमा निर्वाचन गर्ने बताइए पनि जेठ ५ गतेअघि नै निर्वाचन गर्नुपर्नेमा आयोग प्रष्ट रहेको उनले बताए ।“हाम्रो कुरा त क्लियर नै छ नि ! जेठ ५ गते म्याद सकिन्छ । त्यसअघि निर्वाचन हुनुपर्छ । शपथग्रहणलगायत कामका लागि समय चाहिन्छ भनेका हौँ,” उनले भने ।

जेठ ५ अघि नै निर्वाचन गर्न पर्याप्त समय भएकाले आयोग त्यसका लागि तयार रहेको उनले उल्लेख गरे ।स्थानीय तहका जनप्रतिनिधिहरूको म्याद जेठ ५ गते सकिँदै छ । निर्वाचन आयोगले यसअघि वैशाख १४ गते निर्वाचन गर्न प्रस्ताव गरेको थियो । तर, संविधानसँग ऐन बाझिएको भन्दै ऐन संशोधन गर्ने सरकारको तयारी छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago