जेठमा निर्वाचन गर्ने निर्णय गरेको २४ घण्टा नबित्दै प्रमुख निर्वाचन आयुक्तले यस्तो भने पछि गठबन्धनमा हलचल !

सत्तारुढ गठबन्धनको बैठकले आगामी जेठ भित्र स्थानिय तहको निर्वाचन गर्ने गरि मिती निर्धारण गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको २४ घण्टा नवित्दै प्रमुख निर्वाचन आयुत्तले भने फरक मत राखेका छन् ।
ऐन अनुसार वैशाखमा नै या बढिमा जेठ ५ गते भन्दा अघिनै स्थानिय तहको निर्वाचन गरिसक्नु पर्ने बाध्यता भए पनि गठबन्धनले चलाखी गरेर जेठ भित्र निर्वाचन गर्ने नयाँ प्रस्ताव गरे पछि प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जेठ ५ गते भित्रनै निर्वाचन गरिसक्नु पर्ने मत राखेका छन् ।
काठमाडौं: सत्तागठबन्धनको बैठक बाटै प्रमुख निर्वाचन आयुक्तलाई टेलिफोन गरेर जेठ महिना भित्र निर्वाचन गरिसक्दा खास फरक नपर्ने राय दिए बमोजिम गटबन्धनको बैठकले त्यस्तो निर्णय गरेको बताइ पनि प्रमखु निर्वाचन आयुक्त थपलियाले ऐन ले गरेको व्यवस्था बमोजिम जेठ ५ अघिनै निर्वाचन हुनु पर्ने बताएका छन् ।

ऐन संशोधन गरेर स्थानीय तहको निर्वाचन ६ महिना धकेल्ने पक्षमा रहेको सत्तारूढ गठबन्धनमा शनिबार आउँदो जेठ महिनाभित्र निर्वाचन गर्ने सहमति जुट्यो ।निर्वाचन आयोगको परामर्शमा मिति तोकिने भनिए पनि परामर्शका लागि हालसम्म जानकारी गराइएको छैन । परामर्शका लागि आफूहरू तयार नै रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया बताउँछन् ।

गठबन्धनको निर्णयसँगै अब निर्वाचन हुने देखिएको उनले बताए । “अब निर्वाचन हुने देखियो । खबर आउनेबित्तिकै परामर्शका लागि हामी तयार छौँ । हालसम्म खबर आइसकेको छैन,” उनले भने । सत्ता गठबन्धनले ऐन संशोधन गरेर जेठमा निर्वाचन गर्ने बताइए पनि जेठ ५ गतेअघि नै निर्वाचन गर्नुपर्नेमा आयोग प्रष्ट रहेको उनले बताए ।“हाम्रो कुरा त क्लियर नै छ नि ! जेठ ५ गते म्याद सकिन्छ । त्यसअघि निर्वाचन हुनुपर्छ । शपथग्रहणलगायत कामका लागि समय चाहिन्छ भनेका हौँ,” उनले भने ।

जेठ ५ अघि नै निर्वाचन गर्न पर्याप्त समय भएकाले आयोग त्यसका लागि तयार रहेको उनले उल्लेख गरे ।स्थानीय तहका जनप्रतिनिधिहरूको म्याद जेठ ५ गते सकिँदै छ । निर्वाचन आयोगले यसअघि वैशाख १४ गते निर्वाचन गर्न प्रस्ताव गरेको थियो । तर, संविधानसँग ऐन बाझिएको भन्दै ऐन संशोधन गर्ने सरकारको तयारी छ ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago