नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय मूल्यांकनको आधारमा मुनाफामा समाहित हुने सम्पूर्ण बीमालेखहरुका लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।
त्यस अनुसार २०७७ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।
कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ५६ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीको सावधिक (सुरक्षित जीवन, जीवन ज्योति,ग्रामिण सावधिक, केटाकेटी, बाल शिक्षा योजना, जीवन लक्ष्मी र जीवन सारथी) बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ६० रुपैयाँ देखि अधिकतम ८२ रुपैयाँसम्म बोनस पाउनेछन् ।
सावधिक तथा आजीवन बीमा योजना (जीवन साहारा) मा पनि न्युनतम ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस पाउनेछन् ।
यस्तै कम्पनीले अग्रिम भुक्तानी (जीवन समृद्धि) बीमालेखमा न्युनतम ५६ रुपैयाँ देखि ५८ रुपैयाँ सम्म बीमितलाई बोनस वितरण गर्नेछ ।
अग्रिम भुक्तानी सावधिक (धन बर्ष–१५, धन बर्ष–२०, नौलो जीवन समृद्धि, नौलो धन वर्षा, जीवन उन्नती, जीवन शान्ति, छोराछारी र सदावहार जीवन) बीमालेखमा ६० रुपैयाँ बोनस दर सार्वजनिक गरेको छ ।
उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…