उत्तर कोरियाले मध्यम दूरीको क्षेप्यास्त्र परीक्षण गरेपछि जापान तनाबमा ।

काठमाडौं उत्तर कोरियाले आइतवार क्षेप्यास्त्र परीक्षण गरेको छ । सन् २०२२ को सातौं परीक्षण अमेरिकाका राष्ट्रपति जो बाइडनको कार्यकालको सबभन्दा शक्तिशाली परीक्षण भएको बताइन्छ ।

फाइल फोटो
आफूमाथि लगाइएको प्रतिबन्ध खुकुलो बनाउनका लागि उत्तरले लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । आजको क्षेप्यास्त्र परीक्षणले जापानलाई तर्साएको छ । जापानी अधिकारीहरूको आरम्भिक आकलनका अनुसार, क्षेप्यास्त्र अधिकतम दुई हजार किलोमिटरको उचाइमा पुगेको थियो ।

अनि समुद्रमा खस्नुअघि त्यो ८०० किलोमिटर टाढासम्म पुगेको थियो । सन् २०१७ पछि उत्तरले सबभन्दा लामो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको देखिन्छ । लामो समयदेखि अड्किरहेको आणविक वार्ताका विषयमा बाइडन प्रशासनमाथि दबाब दिनका लागि लगातार उत्तरले परीक्षण गरिरहेको हो । किमले अमेरिकासँगको कूटनीतिक वार्ता शुरू हुँदा सन् २०१८ मा हतियार परीक्षण निलम्बित गरेका थिए ।

जापानका प्रमुख क्याबिनेट मन्त्री हिरोकानु माचुनोले क्षेप्यास्त्रले आधा घन्टा उडान गरेको र जापानको विशिष्ट आर्थिक क्षेत्र बाहिर समुद्रमा खसेको बताए । क्षेप्यास्त्र विशेषज्ञ ली चुन ग्युनले उत्तरबाट मध्यम दूरीबाट ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण भएको बताए । विज्ञहरूका अनुसार, उत्तर कोरियाले चीनको सम्मान गर्दै बेइजिङ शीतकालीन ओलम्पिक खेलको आरम्भपछि हतियार परीक्षण रोक्न सक्ने बताएका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago