उत्तर कोरियाले मध्यम दूरीको क्षेप्यास्त्र परीक्षण गरेपछि जापान तनाबमा ।

काठमाडौं उत्तर कोरियाले आइतवार क्षेप्यास्त्र परीक्षण गरेको छ । सन् २०२२ को सातौं परीक्षण अमेरिकाका राष्ट्रपति जो बाइडनको कार्यकालको सबभन्दा शक्तिशाली परीक्षण भएको बताइन्छ ।

फाइल फोटो
आफूमाथि लगाइएको प्रतिबन्ध खुकुलो बनाउनका लागि उत्तरले लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । आजको क्षेप्यास्त्र परीक्षणले जापानलाई तर्साएको छ । जापानी अधिकारीहरूको आरम्भिक आकलनका अनुसार, क्षेप्यास्त्र अधिकतम दुई हजार किलोमिटरको उचाइमा पुगेको थियो ।

अनि समुद्रमा खस्नुअघि त्यो ८०० किलोमिटर टाढासम्म पुगेको थियो । सन् २०१७ पछि उत्तरले सबभन्दा लामो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको देखिन्छ । लामो समयदेखि अड्किरहेको आणविक वार्ताका विषयमा बाइडन प्रशासनमाथि दबाब दिनका लागि लगातार उत्तरले परीक्षण गरिरहेको हो । किमले अमेरिकासँगको कूटनीतिक वार्ता शुरू हुँदा सन् २०१८ मा हतियार परीक्षण निलम्बित गरेका थिए ।

जापानका प्रमुख क्याबिनेट मन्त्री हिरोकानु माचुनोले क्षेप्यास्त्रले आधा घन्टा उडान गरेको र जापानको विशिष्ट आर्थिक क्षेत्र बाहिर समुद्रमा खसेको बताए । क्षेप्यास्त्र विशेषज्ञ ली चुन ग्युनले उत्तरबाट मध्यम दूरीबाट ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण भएको बताए । विज्ञहरूका अनुसार, उत्तर कोरियाले चीनको सम्मान गर्दै बेइजिङ शीतकालीन ओलम्पिक खेलको आरम्भपछि हतियार परीक्षण रोक्न सक्ने बताएका छन् ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago