भेरोसेल खोप लगाएकालाई कोभिसिल्डको ‘बुस्टर डोज’

सरकारले भेरोसेल खोप लगाएकाहरूलाई बुस्टरको रुपमा कोभिसिल्ड खोप दिने निर्णय गरेको छ । भेरोसेल खोप अभाव भएपछि सरकारले कोभिसिल्डलाई नै बुस्टरका रूपमा दिन लागेको हो ।
विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस तथा मन्त्रीस्तरीय निर्णयले ६० वर्षभन्दा माथिका व्यक्तिहरुलाई कोभिडविरुद्धको बुस्टर प्रदान गर्दा पहिला ( दोस्रो र पहिलो मात्रा) अन्तर्गत कोभिसिल्ड/एस्ट्राजेनेका/मोडर्ना/फाइजर /वा भेरोसेल खोप लगाएकाहरुलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो । विश्व स्वास्थ्य संगठनको (स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्टस् अन इम्युनाइजेसन)ले १ महिना अघि एकथरी खोप लगाएकोले अर्को थरी खोप लगाउँदा रोगप्रतिरोधी क्षमताले राम्रो प्रतिक्रिया दिने बताएको थियो ।
यसअघि खोप सल्लाहकार समितिले पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो त्यही खोप बुस्टरमा पनि लगाउन सिफारिस गरेको थियो ।

त्यसैगरी पहिलो मात्रा खोप लगाएकाहरुलाई दोश्रो मात्रा दिन सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनेका दिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।
साथै विदेशमा पहिलो मात्रा कोभिसिल्ड/एस्ट्राजेनेका/मोडर्ना/फाइजर /भेरोसेल खोप लगाएकाहरुको हकमा दोस्रो मात्राको रुपमा कोभिसिल्ड/एस्ट्राजेनेका खोप प्रदान गर्ने निर्णय गरेको छ ।
खोप नभएपछि पहिले भेरोसेल लगाएकाले बुस्टर डोज पाएका थिएनन् । सरकारले माघ २ देखि अग्रपंक्तिमा खटिने, माघ १४ देखि ६० वर्षमाथि र पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएकालाई बुस्टर डोज दिने भनी २०७८ पुस ९ गते निर्णय गरेको थियो ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago