जेठभित्र स्थानीय तहको चुनाव गर्न सत्तारुढ गठबन्धन तयार, शेयर बजारमा कस्तो प्रभाव पार्ला ?

काठमाडौं । स्थानीय निकायको चुनावको विषयमा अलमलिएको सत्तारुढ गठबन्धन आगामी जेठभित्र चुनाव गर्न तयार भएका छन् । सत्तारुढ गठबन्धनमा रहेका दलहरुको संयुक्त बैठकले सरकारलाई जेठ भित्र स्थानीय निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको छ ।

चुनाव नहुने संकेतले गत साता ओरालो झरेको शेयर बजार यस साता पुनः सुधार हुने भएको छ । चुनावको घोषणा पछि शेयर बजार बढ्ने अनुमान गरेका लगानीकर्ताले चुनाव घोषणामा भएको अलमल सँगै शेयर बिक्री गरेका थिए । यहि कारणले विगत एक महिनादेखि लगातार सुधार भएको शेयर बजारमा १५५ अंकले करेक्सन भएको छ । यो करेक्सन अझै केहि समय लम्बिने अनुमान गरिए पनि सत्तारुढ गठबन्धले चुनावमा जाने निर्णय गरे सँगै भोलिदेखिनै सुधार हुने विश्लेषकहरु बताउछन् ।

गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ । आजको बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्ने पनि निर्णय गरेको छ । स्थानीय तहको जनप्रतिनिधिको कार्यकालसम्बन्धी व्यवस्था नेपालको संविधानसँग बाझिएको भन्दै त्यसलाई संविधानसम्मत हुने गरी संशोधन गर्ने सहमति भएको छ ।

यसअघि सत्तारुढ गठबन्धनमा स्थानीय तह निर्वाचन ऐन संशोधन गरी स्थानीय तहको निर्वाचन धकेल्ने विषयमा छलफल भएको थियो । यहि कारणले गत साता शेयर बजारमा ठुलो गिरावट देखिएको थियो । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्थानीय निर्वाचन नसार्न आग्रह गरेकी थिइन् । स्थानीय तहको निर्वाचनको विषयलाई लिएर सरकारको चौतर्फी आलोचना हुँदै आइरहेको छ । स्थानीय तहको निर्वाचनमा अहिलेकै गठबन्धनले साझेदारी गर्ने कुरालाई लिएर कांग्रेस भित्र चर्को विरोध हुँदै आइरेको छ । कांग्रेसका उच्च स्तरका नेताहरुले चुनावमा पार्टी एक्लै लड्नु पर्ने दवाव एकातिर छ भने सत्तारुढ गठबन्धनले चुनावमा पनि एक भएर जानु पर्नु पर्ने दवाव दिदै आइरहेको छ । यहि कारण प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति तय गर्न सकिरहेका छैनन् ।

यदि सरकार चुनावमा होमियो भने नेताहरुले कालोधन चुनावमा खर्च गर्ने हुँदा बजारमा प्रयाप्त तरलता शिर्जना हुने र शेयर बजार बढ्ने विश्लेषकहरु बताउछन् । यहि कारणले जहिले पनि चुनाव अगाडी शेयर बजार सुधार हुने गरेको पाइन्छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago