जेठभित्र स्थानीय तहको चुनाव गर्न सत्तारुढ गठबन्धन तयार, शेयर बजारमा कस्तो प्रभाव पार्ला ?

काठमाडौं । स्थानीय निकायको चुनावको विषयमा अलमलिएको सत्तारुढ गठबन्धन आगामी जेठभित्र चुनाव गर्न तयार भएका छन् । सत्तारुढ गठबन्धनमा रहेका दलहरुको संयुक्त बैठकले सरकारलाई जेठ भित्र स्थानीय निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको छ ।

चुनाव नहुने संकेतले गत साता ओरालो झरेको शेयर बजार यस साता पुनः सुधार हुने भएको छ । चुनावको घोषणा पछि शेयर बजार बढ्ने अनुमान गरेका लगानीकर्ताले चुनाव घोषणामा भएको अलमल सँगै शेयर बिक्री गरेका थिए । यहि कारणले विगत एक महिनादेखि लगातार सुधार भएको शेयर बजारमा १५५ अंकले करेक्सन भएको छ । यो करेक्सन अझै केहि समय लम्बिने अनुमान गरिए पनि सत्तारुढ गठबन्धले चुनावमा जाने निर्णय गरे सँगै भोलिदेखिनै सुधार हुने विश्लेषकहरु बताउछन् ।

गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ । आजको बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्ने पनि निर्णय गरेको छ । स्थानीय तहको जनप्रतिनिधिको कार्यकालसम्बन्धी व्यवस्था नेपालको संविधानसँग बाझिएको भन्दै त्यसलाई संविधानसम्मत हुने गरी संशोधन गर्ने सहमति भएको छ ।

यसअघि सत्तारुढ गठबन्धनमा स्थानीय तह निर्वाचन ऐन संशोधन गरी स्थानीय तहको निर्वाचन धकेल्ने विषयमा छलफल भएको थियो । यहि कारणले गत साता शेयर बजारमा ठुलो गिरावट देखिएको थियो । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्थानीय निर्वाचन नसार्न आग्रह गरेकी थिइन् । स्थानीय तहको निर्वाचनको विषयलाई लिएर सरकारको चौतर्फी आलोचना हुँदै आइरहेको छ । स्थानीय तहको निर्वाचनमा अहिलेकै गठबन्धनले साझेदारी गर्ने कुरालाई लिएर कांग्रेस भित्र चर्को विरोध हुँदै आइरेको छ । कांग्रेसका उच्च स्तरका नेताहरुले चुनावमा पार्टी एक्लै लड्नु पर्ने दवाव एकातिर छ भने सत्तारुढ गठबन्धनले चुनावमा पनि एक भएर जानु पर्नु पर्ने दवाव दिदै आइरहेको छ । यहि कारण प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति तय गर्न सकिरहेका छैनन् ।

यदि सरकार चुनावमा होमियो भने नेताहरुले कालोधन चुनावमा खर्च गर्ने हुँदा बजारमा प्रयाप्त तरलता शिर्जना हुने र शेयर बजार बढ्ने विश्लेषकहरु बताउछन् । यहि कारणले जहिले पनि चुनाव अगाडी शेयर बजार सुधार हुने गरेको पाइन्छ ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago