एनआईसी एशियाले गर्यो एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान

काठमाडौं । एनआईसी एशिया लघुवित्तले माध्यमिक शिक्षा परिक्षा एसईईमा उत्कृष्ट गर्ने संस्थामा आबद्ध आफ्ना सेवाग्राही सदस्यका छोराछोरीलाई देशव्यापी रुपमै पुरस्कृत गरेको छ । संस्थाले २०७७ सालको माध्यमिक शिक्षा परिक्षामा सहभागी भई उतिर्ण गरेका सदस्यका छोराछोरीको देशव्यापी विवरण संकलन गरेर न्यून्तम ३ जीपिए वा सो भन्दा बढी ल्याउने सेवाग्राही सदस्यका छोराछोरीलाई पुरस्कृत गरेको हो ।

संस्थाले पुरस्कार वितरणका लागि आन्तरिक मापदण्ड बनाई २८५ वटै शाखा कार्यालयहरुबाट विवरण संकलन गरेको थियो । त्यसको आधारमा शाखागत रुपमा बढि जीपीए ल्याई प्रथम, द्धितीय र तृतीय हुनेलाई र संकलित विवरणकै अधारमा देशव्यापी रुपमा पुनः प्रथम, द्धितीय र तृतीय हुनेलाई थप पुरस्कार रकम वितरण गरेको जनाएको छ ।

शाखा कार्यालय गोकुलेशवर, डडेल्धुराकी सेवाग्राही सदस्य मानमति वोडको छोरा सन्तोष वोडले संस्थालाई विभिन्न शाखा कार्यालयहरुबाट प्राप्त विवरणको आधारमा देशव्यापी ३।७५ जीपीए ल्याई प्रथम भएकोले प्रथम पुरस्कार स्वरुप नगद १७ हजार ५०० वितरण गरेको हो ।

त्यस्तै संस्थाले डडेल्धुराकै शाखा कार्यालयहरु भद्रपुरज्यामेरु, बैतडीको पाटन र मारोङ्गको इटहरामा पनि शाखागत उत्कृष्ट ल्याउने विधार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago