एनआईसी एशियाले गर्यो एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान

काठमाडौं । एनआईसी एशिया लघुवित्तले माध्यमिक शिक्षा परिक्षा एसईईमा उत्कृष्ट गर्ने संस्थामा आबद्ध आफ्ना सेवाग्राही सदस्यका छोराछोरीलाई देशव्यापी रुपमै पुरस्कृत गरेको छ । संस्थाले २०७७ सालको माध्यमिक शिक्षा परिक्षामा सहभागी भई उतिर्ण गरेका सदस्यका छोराछोरीको देशव्यापी विवरण संकलन गरेर न्यून्तम ३ जीपिए वा सो भन्दा बढी ल्याउने सेवाग्राही सदस्यका छोराछोरीलाई पुरस्कृत गरेको हो ।

संस्थाले पुरस्कार वितरणका लागि आन्तरिक मापदण्ड बनाई २८५ वटै शाखा कार्यालयहरुबाट विवरण संकलन गरेको थियो । त्यसको आधारमा शाखागत रुपमा बढि जीपीए ल्याई प्रथम, द्धितीय र तृतीय हुनेलाई र संकलित विवरणकै अधारमा देशव्यापी रुपमा पुनः प्रथम, द्धितीय र तृतीय हुनेलाई थप पुरस्कार रकम वितरण गरेको जनाएको छ ।

शाखा कार्यालय गोकुलेशवर, डडेल्धुराकी सेवाग्राही सदस्य मानमति वोडको छोरा सन्तोष वोडले संस्थालाई विभिन्न शाखा कार्यालयहरुबाट प्राप्त विवरणको आधारमा देशव्यापी ३।७५ जीपीए ल्याई प्रथम भएकोले प्रथम पुरस्कार स्वरुप नगद १७ हजार ५०० वितरण गरेको हो ।

त्यस्तै संस्थाले डडेल्धुराकै शाखा कार्यालयहरु भद्रपुरज्यामेरु, बैतडीको पाटन र मारोङ्गको इटहरामा पनि शाखागत उत्कृष्ट ल्याउने विधार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago