झापा – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एमालेले आशिर्वाद दिएको बताएका छन् ।

झापाको भद्रपुरमा शुक्रबार आयोजित झापाको क्षेत्र नं ३ स्तरीय एमाले र राप्रपाको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष ओलीले एमालेको आशिर्वाद पाएर यसपाली राप्रपा राष्ट्रिय पार्टी हुने दाबी गरे । उनले यसपाली पनि राप्रपालाई एमालेले ‘आयुष्मान भवः’ भनेको बताए ।

ओलीले भने, ‘एमालेले आयुष्मान भवः भनेपछि पनि जितेन भने के अर्थ रह्यो र । त्यसैले एमालेको इज्जतका लागि पनि राजेन्द्र लिङ्देनले यो क्षेत्रबाट जित्नुपर्छ ।’

झापाको क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेकपा एमालेले समर्थन गरेको छ । त्यस्को सट्टा झापाको क्षेत्र नं ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार ओलीलाई राप्रपाले समर्थन गरेको छ ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गठबन्धनको नाम सुन्दा पनि आफूलाई दिक्क लाग्ने गरेको ओलीले बताए । उनले भने, ‘गठबन्धन भन्ने शब्द सुन्दा पनि कस्तो कस्तो लाग्ने । देशद्रोहीहरूलाई छेक्न भए पनि हलोमा मत हाल्नुहोस् ।’

 

कार्यक्रममा संगै उपस्थित रहेका राप्रपा अध्यक्ष तथा झापा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्र लिङ्देनले पुनः पाँच बर्ष अघिको इतिहास दोहोर्याउन मतदातालाई आग्रह गरे ।

लिङ्देनले भने, ‘एउटा सांसदले के गर्नु पर्थ्यो र के गरें भन्ने कुरा छर्लंग छ । सबै काम भएनन् । तर ती काम पूरा गर्न पनि पाँच बर्ष अघिको इतिहास् दोहोर्याइ दिनुहोस् ।’

झापामा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने निर्णयपछि ओली र लिङ्देनले दोस्रो पटक शुक्रबार भद्रपुरमा संयुक्त कार्यक्रमलाई सम्बोधन गरेका हुन् ।

 

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago