झापा – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एमालेले आशिर्वाद दिएको बताएका छन् ।

झापाको भद्रपुरमा शुक्रबार आयोजित झापाको क्षेत्र नं ३ स्तरीय एमाले र राप्रपाको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष ओलीले एमालेको आशिर्वाद पाएर यसपाली राप्रपा राष्ट्रिय पार्टी हुने दाबी गरे । उनले यसपाली पनि राप्रपालाई एमालेले ‘आयुष्मान भवः’ भनेको बताए ।

ओलीले भने, ‘एमालेले आयुष्मान भवः भनेपछि पनि जितेन भने के अर्थ रह्यो र । त्यसैले एमालेको इज्जतका लागि पनि राजेन्द्र लिङ्देनले यो क्षेत्रबाट जित्नुपर्छ ।’

झापाको क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेकपा एमालेले समर्थन गरेको छ । त्यस्को सट्टा झापाको क्षेत्र नं ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार ओलीलाई राप्रपाले समर्थन गरेको छ ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गठबन्धनको नाम सुन्दा पनि आफूलाई दिक्क लाग्ने गरेको ओलीले बताए । उनले भने, ‘गठबन्धन भन्ने शब्द सुन्दा पनि कस्तो कस्तो लाग्ने । देशद्रोहीहरूलाई छेक्न भए पनि हलोमा मत हाल्नुहोस् ।’

 

कार्यक्रममा संगै उपस्थित रहेका राप्रपा अध्यक्ष तथा झापा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्र लिङ्देनले पुनः पाँच बर्ष अघिको इतिहास दोहोर्याउन मतदातालाई आग्रह गरे ।

लिङ्देनले भने, ‘एउटा सांसदले के गर्नु पर्थ्यो र के गरें भन्ने कुरा छर्लंग छ । सबै काम भएनन् । तर ती काम पूरा गर्न पनि पाँच बर्ष अघिको इतिहास् दोहोर्याइ दिनुहोस् ।’

झापामा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने निर्णयपछि ओली र लिङ्देनले दोस्रो पटक शुक्रबार भद्रपुरमा संयुक्त कार्यक्रमलाई सम्बोधन गरेका हुन् ।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago