निर्देशक प्रदीप भट्टराई देखि रेखा थापासम्म : यस्तो रह्यो सेलिब्रेटीको भाइटीका

यतिबेला रेखा थापा चुनावी चटारोमा छिन् । गएको भदौदेखि नै रेखा आफ्नो निर्वाचन क्षेत्रमा खटिएकी हुन् । सभा-सम्मेलन, घरदैलो कार्यक्रम र निरन्तरजसो सर्वसाधरणसँगको उठबसमा व्यस्त रहिन् उनी । यसैबीच तिहारमा भने उनले विश्राम लिइन् र धुमधामसाथ यो पर्व मनाइन् । अतः कहिले देउसी भैलो समूहसँग मिसिएर रमाइलो गर्न भ्याइन् भने कहिले आफ्नै परिवारको जमघटमा ।

भर्खरै मात्र रेखाले भाइटीकाको फोटो सार्वजनिक गरेकी छिन् । ‘ह्याप्पी टीका’ क्याप्सनसहित रेखाले आफ्ना दाजुभाइ-दिदीबहिनीसँगको फोटो साझेदार गरेकी हुन् ।

अभिनेता दयाहाङ राई चलचित्रकै चटारोमा छन् । यतिबेला हलमा उनी अभिनित चलचित्र प्रदर्शन पनि भइरहेको छ, के घर के डेरा । चलचित्रले राम्रै व्यपार गरिरहेको बताइन्छ । रामबाबु गुरुङको फिल्म ‘फूलबारी’मा पनि दयाहाङ व्यस्त छन् । यही व्यस्तताबीच उनले केही थान फोटो साझेदार गरेका छन्, जसमा उनका छोरो र चेलिबेटीले भाइटीका लगाइदिदै गरेको देखिन्छ । उनले लेखेका छन्, ‘छोराको भाइटीका ।’

‘भाइटीका २०७९’ लेख्दै निर्देशक प्रदीप भट्टराईले पनि फेसबुक पेजमा सयपत्री फूल र सप्तरंगी टीकासहितको फोटो साझेदार गरेका छन् । थाहै छ, यतिबेला उनी फिल्म प्रदर्शनको तयारीमा छन् । एकल पिताको दुखान्तमा बुनिएको कथा लिएर उनी भोलिदेखि देशभरको सिनेमा ‘महापुरुष’ घरमा पुग्दैछन् । यही चलचित्रको प्रचारप्रसारले उनलाई बेफुर्सदिलो बनाएको छ ।

अक्सर दशैं तिहारको बेला गायक- गायिकाहरु घरमा बस्न पाउँदैनन् । देश विदेशमा हुने कन्सर्टले उनीहरुलाई भ्याइ नभ्याई बनाउँछ । यस्तै अवस्थामा गायक प्रमोद खरेलले तिहार मनाएका छन् । दुई दिनअघि उनले आफ्नो घर आँगनमा बनाइएको रंगोली अघिल्तिर बसेर ‘शुभ तिहार, लक्ष्मी माताले तपाई हामी सबैको कल्याण गरुन्’ लेख्दै फेसबुकमा फोटो साझेदार गरेका थिए । हालै मात्र उनले आफ्ना चेलीसँग भाइटीका मनाइरहेको फोटो फेसबुकमा राखेका छन् ।

यसैगरी अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि धुमधामसाथ भाइटीका मनाएका छन् । आफ्ना दाजुभाइ र चेलीबेटीसँग भाइटीका मनाइरहेको केही थान फोटो राख्दै दीपकले संक्षिप्तमा लेखेका छन्, ‘सप्तरंगी टीका’ ।
गलामा मखमली माला, शीरमा ढाका टोपी अनि नाङ्लोभरी सेलरोटी र फलफूल । दीपकराजको भाइटीका निकै धुमधाम देखिन्छ ।

 

 

निर्देशक प्रदीप भट्टराई आफ्नी चेलीसँग

अभिनेता दयाहाङ राईले पोस्ट गरेको फोटो, जहाँ उनका छोरोले भाइटीका मनाइरहेका छन्

अभिनेत्री रेखा थापा आफ्ना दिदीबहिनी र माइतीसँग भाइटीका मनाउँदै

 

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago