निर्देशक प्रदीप भट्टराई देखि रेखा थापासम्म : यस्तो रह्यो सेलिब्रेटीको भाइटीका

यतिबेला रेखा थापा चुनावी चटारोमा छिन् । गएको भदौदेखि नै रेखा आफ्नो निर्वाचन क्षेत्रमा खटिएकी हुन् । सभा-सम्मेलन, घरदैलो कार्यक्रम र निरन्तरजसो सर्वसाधरणसँगको उठबसमा व्यस्त रहिन् उनी । यसैबीच तिहारमा भने उनले विश्राम लिइन् र धुमधामसाथ यो पर्व मनाइन् । अतः कहिले देउसी भैलो समूहसँग मिसिएर रमाइलो गर्न भ्याइन् भने कहिले आफ्नै परिवारको जमघटमा ।

भर्खरै मात्र रेखाले भाइटीकाको फोटो सार्वजनिक गरेकी छिन् । ‘ह्याप्पी टीका’ क्याप्सनसहित रेखाले आफ्ना दाजुभाइ-दिदीबहिनीसँगको फोटो साझेदार गरेकी हुन् ।

अभिनेता दयाहाङ राई चलचित्रकै चटारोमा छन् । यतिबेला हलमा उनी अभिनित चलचित्र प्रदर्शन पनि भइरहेको छ, के घर के डेरा । चलचित्रले राम्रै व्यपार गरिरहेको बताइन्छ । रामबाबु गुरुङको फिल्म ‘फूलबारी’मा पनि दयाहाङ व्यस्त छन् । यही व्यस्तताबीच उनले केही थान फोटो साझेदार गरेका छन्, जसमा उनका छोरो र चेलिबेटीले भाइटीका लगाइदिदै गरेको देखिन्छ । उनले लेखेका छन्, ‘छोराको भाइटीका ।’

‘भाइटीका २०७९’ लेख्दै निर्देशक प्रदीप भट्टराईले पनि फेसबुक पेजमा सयपत्री फूल र सप्तरंगी टीकासहितको फोटो साझेदार गरेका छन् । थाहै छ, यतिबेला उनी फिल्म प्रदर्शनको तयारीमा छन् । एकल पिताको दुखान्तमा बुनिएको कथा लिएर उनी भोलिदेखि देशभरको सिनेमा ‘महापुरुष’ घरमा पुग्दैछन् । यही चलचित्रको प्रचारप्रसारले उनलाई बेफुर्सदिलो बनाएको छ ।

अक्सर दशैं तिहारको बेला गायक- गायिकाहरु घरमा बस्न पाउँदैनन् । देश विदेशमा हुने कन्सर्टले उनीहरुलाई भ्याइ नभ्याई बनाउँछ । यस्तै अवस्थामा गायक प्रमोद खरेलले तिहार मनाएका छन् । दुई दिनअघि उनले आफ्नो घर आँगनमा बनाइएको रंगोली अघिल्तिर बसेर ‘शुभ तिहार, लक्ष्मी माताले तपाई हामी सबैको कल्याण गरुन्’ लेख्दै फेसबुकमा फोटो साझेदार गरेका थिए । हालै मात्र उनले आफ्ना चेलीसँग भाइटीका मनाइरहेको फोटो फेसबुकमा राखेका छन् ।

यसैगरी अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि धुमधामसाथ भाइटीका मनाएका छन् । आफ्ना दाजुभाइ र चेलीबेटीसँग भाइटीका मनाइरहेको केही थान फोटो राख्दै दीपकले संक्षिप्तमा लेखेका छन्, ‘सप्तरंगी टीका’ ।
गलामा मखमली माला, शीरमा ढाका टोपी अनि नाङ्लोभरी सेलरोटी र फलफूल । दीपकराजको भाइटीका निकै धुमधाम देखिन्छ ।

 

 

निर्देशक प्रदीप भट्टराई आफ्नी चेलीसँग

अभिनेता दयाहाङ राईले पोस्ट गरेको फोटो, जहाँ उनका छोरोले भाइटीका मनाइरहेका छन्

अभिनेत्री रेखा थापा आफ्ना दिदीबहिनी र माइतीसँग भाइटीका मनाउँदै

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago