राष्ट्रपतिलाई कांग्रेसको सन्देशः नागरिकता विधेयक जस्ताको त्यस्तै फेरि प्रमाणीकरणका लागि

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवासहितको कांग्रेस नेताहरुको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ। सरकार र राष्ट्रपतिबीच नागरिकता विधेयकको विषयलाई लिएर टकरावको स्थित पैदा भएको अवस्थामा सामूहिक रुपमा नेताहरुले भेटवार्ता गरेका हुन्।

भेटवार्तामा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवासहित उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए।

भेटका क्रममा दुई पक्षबीच नागरिकता विधेयकको बारेमा खुलेर छलफल भएको छ। कांग्रेस नेताहरुले सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक पुनः जस्ताको त्यस्तै प्रमाणीकरणका लागि पठाउने छनक दिएका छन्।

उनीहरुले अर्को नागरिकता विधेयक ल्याउँदा राष्ट्रपतिले उठाएका विषयलाई सम्बोधन गर्न आफूहरु तयार रहेको प्रतिबद्धता भण्डारीसमक्ष व्यक्त गरेका छन्।स्रोतका अनुसार भण्डारीलाई अहिलेको विधेयक प्रमाणीकरणका लागि आग्रह गर्दै कांग्रेस नेताहरुले अर्को विधेयकमा लैंगिक समानता र वैवाहिक अंगीकृत नागरिकता पाउने अवधि किटान गर्ने वचन दिएका हुन्।

नागरिकता विधेयक प्रमाणीकरणका लागि आफूसमक्ष आएपछि भण्डारीले विभिन्न पक्षसँग निरन्तर छलफल गर्दै आएकी छन्। साउन २९ गते सन्देशसहित विधेयक फिर्ता गरेपछि भण्डारीले आफ्नो सक्रियता झन् बढाएकी छन्।

सत्ता गठबन्धनको निर्णयअनुसार भदौ २ गते प्रतिनिधिसभाले नागरिकता विधेयकलाई जस्ताको त्यस्तै पारित गरेको छ। राष्ट्रियसभाको विधान व्यवस्थापन समितिमा पुगेको विधेयक त्यहाँ पनि जस्ताको त्यस्तै पारित गर्ने तयारी सरकारको छ।

सोमबारको भेटमा कांग्रेस नेताहरुले त्यसैको संकेतस्व

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago