फाइल फोटो
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवासहितको कांग्रेस नेताहरुको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ। सरकार र राष्ट्रपतिबीच नागरिकता विधेयकको विषयलाई लिएर टकरावको स्थित पैदा भएको अवस्थामा सामूहिक रुपमा नेताहरुले भेटवार्ता गरेका हुन्।
भेटवार्तामा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवासहित उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए।
भेटका क्रममा दुई पक्षबीच नागरिकता विधेयकको बारेमा खुलेर छलफल भएको छ। कांग्रेस नेताहरुले सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक पुनः जस्ताको त्यस्तै प्रमाणीकरणका लागि पठाउने छनक दिएका छन्।
उनीहरुले अर्को नागरिकता विधेयक ल्याउँदा राष्ट्रपतिले उठाएका विषयलाई सम्बोधन गर्न आफूहरु तयार रहेको प्रतिबद्धता भण्डारीसमक्ष व्यक्त गरेका छन्।स्रोतका अनुसार भण्डारीलाई अहिलेको विधेयक प्रमाणीकरणका लागि आग्रह गर्दै कांग्रेस नेताहरुले अर्को विधेयकमा लैंगिक समानता र वैवाहिक अंगीकृत नागरिकता पाउने अवधि किटान गर्ने वचन दिएका हुन्।
नागरिकता विधेयक प्रमाणीकरणका लागि आफूसमक्ष आएपछि भण्डारीले विभिन्न पक्षसँग निरन्तर छलफल गर्दै आएकी छन्। साउन २९ गते सन्देशसहित विधेयक फिर्ता गरेपछि भण्डारीले आफ्नो सक्रियता झन् बढाएकी छन्।
सत्ता गठबन्धनको निर्णयअनुसार भदौ २ गते प्रतिनिधिसभाले नागरिकता विधेयकलाई जस्ताको त्यस्तै पारित गरेको छ। राष्ट्रियसभाको विधान व्यवस्थापन समितिमा पुगेको विधेयक त्यहाँ पनि जस्ताको त्यस्तै पारित गर्ने तयारी सरकारको छ।
सोमबारको भेटमा कांग्रेस नेताहरुले त्यसैको संकेतस्व
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…