ओपन ब्याडमिन्टन प्रतियोगिता

काठमाडौँ: बेलटार एकेडेमीकी अन्जना राई, सुर्खेतकी अग्रिमा भण्डारी, सर्लाहीकी निकिता लामा र कञ्चनपुरकी विष्णा विष्ट प्रथम स्पोर्ट्स हव ओपन ब्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फ सेमिफाइनल पुगेका छन् ।

शीर्ष २० वरीयताबाहेकका यस इभेन्टमा अन्जनाले सुर्खेतकी पुष्पा शाहीलाई २१–११, २१–११ ले, अग्रिमाले सेनाकी प्रियांशी बमलाई २१–१६, १५–२१, २१–१९ ले, निकिता लामाले फिदर १६ की रिहाना शेरचनलाई २१–११, २२–२० ले र विष्णाले बेलटारकी रोजी राईलाई २०–२२, २१–१२, २१–१२ ले हराएका थिए ।
यू–१७ ब्वाइजतर्फ सिल्क ग्रुपका कविर केसीले बेलटार एकेडेमीका सुसन पौडेललाई २१–१३, २१–९ ले र आयोजक स्पोर्ट्स हवका सुनील कार्कीले फिदरका अभय महरालाई २१–१७, २३–२१ को सोझो सेटमा हराए । लाफा समूहका मनोज फौदारले रिसभ राईलाई २१–१७, २१–१५ ले र आर्मीका डेविड थापा मगरले बेलटारका केनिश मगरलाई २१–५, २१–१३ ले हराएर सेमिफाइनलमा स्थान बनाए ।

शीर्ष २० वरीयताबाहेक खुला पुरुष युगलतर्फ सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीले लाफा समूह बुटवलका मनोज फौदार र विवेक न्यौपानको जोडीलाई २१–१९, २१–१७ ले तथा नेपाल पुलिसका गौरव दाहाल र अनिश श्रेष्ठको जोडीले तीनचुलीका निश्चल खत्री र श्रीजल पोखरेलको जोडीलाई २१–१९, २०–२२, २१–१८ ले हराएर । सूर्यदर्शनका जुम्ल्याहा ठकुरी दाजुभाइ राम र लक्ष्मण मल्लको जोडीले पुलिसका हीरा राई र सूर्यदर्शनका दीपक रानालाई २१–१९, २१–१७ ले तथा तीनचुलीका अभिषेक गुरुङ र राजु थापाको जोडीले सेनाका हिमाल चन्द र सन्तोष पनेरुको जोडीलाई २१–८, २१–१५ ले पराजित गरे ।

पुरुष ४५ वर्षमाथि जेस्टका श्याम पराजुली र नवीनबाबु श्रेष्ठको जोडीले जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । यस जोडीले टोखाका कान्छानारायण महर्जन र मानकाजी श्रेष्ठको जोडीलाई २१–१७, २१–१५ ले पराजित हरायो ।

यस्तै चितवनका खुश गुरुङ र तनहुँका मानबहादुर रानाको जोडीले आयोजकका सुरेन बहादुर आले र लाक्पा शेर्पालाई २१–१७्८, ७–२१, २१–१९ ले, आबिएमएसका किशान छयाम्जुङ र राजेश शाक्यको जोडीले देवीनगरका दिल कार्की र चन्द्र खापङको जोडीलाई १४–२१, २२–२०, २१–१८ ले तथा पिएफसीका पूर्णहरि होना र सन्जय कपालीको जोडीले चन्द्रागिरिका वीरेन्द्र बिष्ट र हरि खत्रीको जोडीलाई २१–१७, २१–१७ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।

सेवानिवृत कर्मचारीको प्रतिस्पर्धामा आयोजकका सुरेनबहादुर आले र इन्द्र महताको जोडी, चितवनका खुस गुरुङ र तनहुँका मानबहादुर रानको जोडी, सामाखुसीका विष्णु राना र टीका थापा मगरको जोडी तथा आयोजकका सानबहादुर साम्बा र लाक्पा शेर्पाको जोडी पनि जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरे ।

५५ वर्षमाथि वसुन्धाराका पूर्णचन्द्र जोशी र उमेश केसीको जोडी, पाँचथरका मनि कन्दङ्वा र गणेश सुब्बाको जोडी, बुटवलका नारायणप्रसाद घिमिरे र धादिङका विष्णुलाल श्रेष्ठको जोडी तथा पोखराका रमेश भट्टचन र कमल थापाको जोडी पनि जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago