ओपन ब्याडमिन्टन प्रतियोगिता

काठमाडौँ: बेलटार एकेडेमीकी अन्जना राई, सुर्खेतकी अग्रिमा भण्डारी, सर्लाहीकी निकिता लामा र कञ्चनपुरकी विष्णा विष्ट प्रथम स्पोर्ट्स हव ओपन ब्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फ सेमिफाइनल पुगेका छन् ।

शीर्ष २० वरीयताबाहेकका यस इभेन्टमा अन्जनाले सुर्खेतकी पुष्पा शाहीलाई २१–११, २१–११ ले, अग्रिमाले सेनाकी प्रियांशी बमलाई २१–१६, १५–२१, २१–१९ ले, निकिता लामाले फिदर १६ की रिहाना शेरचनलाई २१–११, २२–२० ले र विष्णाले बेलटारकी रोजी राईलाई २०–२२, २१–१२, २१–१२ ले हराएका थिए ।
यू–१७ ब्वाइजतर्फ सिल्क ग्रुपका कविर केसीले बेलटार एकेडेमीका सुसन पौडेललाई २१–१३, २१–९ ले र आयोजक स्पोर्ट्स हवका सुनील कार्कीले फिदरका अभय महरालाई २१–१७, २३–२१ को सोझो सेटमा हराए । लाफा समूहका मनोज फौदारले रिसभ राईलाई २१–१७, २१–१५ ले र आर्मीका डेविड थापा मगरले बेलटारका केनिश मगरलाई २१–५, २१–१३ ले हराएर सेमिफाइनलमा स्थान बनाए ।

शीर्ष २० वरीयताबाहेक खुला पुरुष युगलतर्फ सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीले लाफा समूह बुटवलका मनोज फौदार र विवेक न्यौपानको जोडीलाई २१–१९, २१–१७ ले तथा नेपाल पुलिसका गौरव दाहाल र अनिश श्रेष्ठको जोडीले तीनचुलीका निश्चल खत्री र श्रीजल पोखरेलको जोडीलाई २१–१९, २०–२२, २१–१८ ले हराएर । सूर्यदर्शनका जुम्ल्याहा ठकुरी दाजुभाइ राम र लक्ष्मण मल्लको जोडीले पुलिसका हीरा राई र सूर्यदर्शनका दीपक रानालाई २१–१९, २१–१७ ले तथा तीनचुलीका अभिषेक गुरुङ र राजु थापाको जोडीले सेनाका हिमाल चन्द र सन्तोष पनेरुको जोडीलाई २१–८, २१–१५ ले पराजित गरे ।

पुरुष ४५ वर्षमाथि जेस्टका श्याम पराजुली र नवीनबाबु श्रेष्ठको जोडीले जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । यस जोडीले टोखाका कान्छानारायण महर्जन र मानकाजी श्रेष्ठको जोडीलाई २१–१७, २१–१५ ले पराजित हरायो ।

यस्तै चितवनका खुश गुरुङ र तनहुँका मानबहादुर रानाको जोडीले आयोजकका सुरेन बहादुर आले र लाक्पा शेर्पालाई २१–१७्८, ७–२१, २१–१९ ले, आबिएमएसका किशान छयाम्जुङ र राजेश शाक्यको जोडीले देवीनगरका दिल कार्की र चन्द्र खापङको जोडीलाई १४–२१, २२–२०, २१–१८ ले तथा पिएफसीका पूर्णहरि होना र सन्जय कपालीको जोडीले चन्द्रागिरिका वीरेन्द्र बिष्ट र हरि खत्रीको जोडीलाई २१–१७, २१–१७ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।

सेवानिवृत कर्मचारीको प्रतिस्पर्धामा आयोजकका सुरेनबहादुर आले र इन्द्र महताको जोडी, चितवनका खुस गुरुङ र तनहुँका मानबहादुर रानको जोडी, सामाखुसीका विष्णु राना र टीका थापा मगरको जोडी तथा आयोजकका सानबहादुर साम्बा र लाक्पा शेर्पाको जोडी पनि जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरे ।

५५ वर्षमाथि वसुन्धाराका पूर्णचन्द्र जोशी र उमेश केसीको जोडी, पाँचथरका मनि कन्दङ्वा र गणेश सुब्बाको जोडी, बुटवलका नारायणप्रसाद घिमिरे र धादिङका विष्णुलाल श्रेष्ठको जोडी तथा पोखराका रमेश भट्टचन र कमल थापाको जोडी पनि जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago