राष्ट्रपति विद्यादेवी भण्डारीले बेरूजु फर्छ्यौटलाई अभियानका रूपमा अघि बढाउनु पर्ने बताएकी छिन्।
महालेखा परीक्षक कार्यालयको ६४ औं वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै भण्डारीले अभियानका रूपमा बेरूजु फर्छ्यौट गरेपछि बेरूजु राख्न नदिने गरी आर्थिक अनुशासन पालना गर्नुपर्ने बताएकी छिन्।
भण्डारीले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले बेरूजु बढिरहेको देखाएकाले बेरूजु फर्छ्यौटलाई अभियानका रूपमा अघि बढाइनु पर्नेमा जोड दिएकी हुन्।
आर्थिक शुद्धताले नै सुशासन कायम गर्न सहयोग गर्ने भएकाले यसमा सरोकार भएका सबै निकायको ध्यान जानुपर्ने उनले बताइन्।
‘महालेखापरीक्षकको प्रतिवेदनमार्फत उठेका विषयलाई केन्द्रीय संसद, प्रदेश सभा र स्थानीय सभाले गम्भीर रूपमा लिएर दोहोर्याउन दिनुहुँदैन’ भण्डारीले भनिन्, ‘सार्वजनिक वित्तीय व्यवहारमा पारदर्शिता हुनुपर्छ। सार्वजनिक वित्त व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रतिवेदनले काम गरेको छ।’
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…