तानसेन बुटवल सडक खण्ड एकतर्फी सञ्चालन, जाेखिम कायमै

तानसेन : गएराती देखीकाे बर्षाका कारण पहिरो झर्दा अवरुद्ध भएकाे तानसेन बुटवल सडक खण्ड एकतर्फी सञ्चालन भएकाे छ । केही छिन पानी पर्न राेकिएपछी पहिरो पन्छाएर सडक खाेलीएकाे छ ।

सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्डको सिद्धवावा, झुम्सा, पानीमिल, हिउँदे खोला, चर्चरे, कालिमाटी क्षेत्रमा झरेको पहिरोको कारण सडक सडक अवरुद्ध भएको थियाे । वुटवल वाट पाल्पा आएका यात्रु गाेपाल पाैडेलले भने अहीले निरन्तर पानी परेकाले यात्रा गर्न जाेखिम नै रहेकाे छ ।

सिद्धार्थ राजमार्ग तानसेन पोखरा सडक खण्डको बगनासकाली गाउँपालिका- ५ राम्दी क्षेत्रका सेरा जामुने र रम्भा गाउँपालिकाको वडा -३ पिपलडाडा क्षेत्रमा पहिरोको सडक अवरुद्ध रहेको छ ।

तानसेन तम्घास सडक अन्तरगत रिव्दीकोट गाउँपालिका-२ जोर्ते निर पहिरो खसेको छ भने तानसेन नगरपालिका वडा १४ अर्गली रिडी क्षेत्रमा पहिरो झरी सडक अवरुद्ध रहेको छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago