काठमाडौँ: नेपालको हवाई उडानको ७ दशक लामो इतिहासमा मंगलबार मोफसलका ६ वटा सहरबाट काठमाडौंका लागि पहिलोपटक उडान सुरु भएका छन् ।

काठमाडौं विमानस्थलस्थित आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालका अनुसार मंगलबार बिहानै धनगढी, नेपालगञ्ज, भैरहवा, पोखरा, जनकपुर र विराटनगरबाट बिहान ६ बजेपछि काठमाडौंका लागि धमाधम पहिलो उडान भए । प्रदेशमा रहेका ती विमानस्थलबाट बुद्ध एयर, यति एयरलायन्स, श्री एयरलायन्स र गुण एयरलायन्सका जहाजले संघीय राजधानीका लागि पहिलो उडान भरेका थिए ।
काठमाडौंको आन्तरिक टर्मिनलमा न्यूनतम १७ देखि अधिकतम २४ वटाभन्दा बढी जहाज पार्किङका लागि स्थान नभएको कारण देखाउँदै नागरिक उड्डयन प्राधिकरणले नौवटा वायुसेवा कम्पनीका र बाँकी विमानलाई मोफसलका विमानस्थलमा रात्रि बिसान (नाइट-स्टप) गर्न वर्षौंदेखि निर्देशन दिँदै आएको थियो ।

तर, काठमाडौं बाहिरका विमानस्थलमा प्राविधिक सुविधा नभएकोलगायत कारण देखाउँदै नौवटा वायुसेवा कम्पनीले ५२ वटा जहाज काठमाडौंमै अव्यवस्थित पार्किङ गर्दै आइरहेका थिए ।

प्राधिकरणले हेलिकप्टरलाई गत मगंलबारदेखि र वायुसेवा (फिक्स्ड विङ) लाई सोमबारदेखि बाहिर जानै पर्ने बाध्यकारी नियम ल्याएको थियो ।

यो नियम लागू हुने दिन हेलिकप्टर अपरेटरले उक्त नियम नमान्ने जनाउँदै अनिश्चितकालीन आन्दोलन घोषणा गरेका थिए । सरकारले हवाई सेवा हड्ताल-निषेधित क्षेत्र भएकाले आन्दोलन गरे इजाजत पत्र नै खारेज गर्ने निर्णय गरेपछि वायुसेवा सञ्चालक संघमार्फत घोषणा गरिएको हड्ताल नौ घण्टापछि फिर्ता लिइएको थियो । नियमित उडान गर्ने वायुसेवाले भने प्राधिकरणले ल्याएको नियम मान्ने जनाउँदै त्यही दिन साँझ आन्दोलनबाट पछि हट्दै नियमित उडान गर्ने जनाएका थिए ।

यसै नियमलाई स्विकार्दै बुद्ध एयरलाइन्सले सोमबार राति भैरहवामा २, जनकपुरमा १, पोखरामा १ र नेपालगञ्जमा १ गरी ५ वटा जहाजलाई रात्रि बिसानका लागि बाहिर पठाएको थियो । त्यस्तै यतिले विराटनगरमा १, नेपालगञ्जमा १, श्रीले विराटनगरमा १, भैरहवामा १ र नेपालगञ्जमा १ गरी तीनवटा जहाजलाई सोमबार राति काठमाडौं बाहिर सारेको थियो । त्यस्तै गुणले पनि पोखरा विमानस्थलमा एउटा विमान रात्रि बिसान गराएको थियो ।

मंगलबार ती विमानस्थलबाट पहिलो उडान भएका थिए । ‘धनगढीबाट मंगलबार बिहानै सवा ६ बजे काठमाडौंका लागि पहिलो उडान भयो यहाँबाट यसअघि कहिल्यै नियमित उडान सवा ६ बजे भएको थिएन,’ धनगढी विमानस्थल प्रमुख रामकृष्ण भट्टले भने, ‘यो निर्णयले स्थानीय खुसी भएका छन् ।’

‘जहाजलाई काठमाडौंबाहिर सार्ने निर्णयले आज (मंगलबार) बिहान काठमाडौंमा आन्तरिक उडानलाई धेरै सहज भयो,’ चुडालले भने, ‘यो निर्णयले काठमाडौं बाहिरका होटल, पर्यटन व्यवसायलाई राहत पुग्ने त छँदैछ, त्यसबाहेक उडान सुरक्षालाई पनि सघाउ पुग्ने छ ।’ आन्तरिक विमानस्थल प्रमुख चुडालले निर्वतमान मन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव महेश्वर न्यौपाने र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले एकजुट भई गरेको यो निर्णय ऐतिहासिक भएको बताउँदै देशको संघीय संरचनाअनुसार अर्थतन्त्र चलायमानमा पनि यसले ठूलो टेवा पुग्ने बताए ।

‘पहिले काठमाडौं बाहिरका यात्रु १० बजे आइपुग्थे । अगाडि उड्नु पर्ने जहाज पार्किङमा पछाडि अड्किएर उडानै डिले हुन्थे । अहिलेसम्म जहाज निकाल्दा एकआपसमा दुईपटकसम्म ठोक्किइसके । कहिले जहाजमा गाडी ठोक्किने डर,’ चुडालले भने, ‘अबका दिन वायुसेवा कम्पनीलाई मोफसलबाट हुने पहिलो उडानले सेवा प्रवाहमा पनि सजिलो हुने छ ।’

हाल काठमाडौंबाट जाने र फर्किने गरी २ सय ६० हाराहारी आन्तरिक उडान हुने गरेका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago