लोमान्थाङमा सडक बत्ती जडान

२०७९, १५ जेष्ठ आईतवार १२:१९

मुस्ताङ माटोको पर्खालले घेरिएको मुस्ताङको धार्मिक, पर्यटकीय महत्वको ऐतिहासिक सांस्कृतिक बस्ती लोमान्थाङमा सडक बत्ती जडानभएको ।लोमान्थाङ गाउँपालिकाको केन्द्रसमेत रहेको लोमान्थाङका चोक सडक छेउमा सडक बत्ती जोडेर रातको समयमा उज्यालोबनाइएको हो

अमेरिकन हिमालयन फाउण्डेशनको आर्थिक सहयोगमा लोमान्थाङ गाउँपालिका जिग्मे फाउण्डेशनको समन्वयमा १५०सडक बत्ती जडानगरिएको उपभोक्ता समितिका अध्यक्ष छेवाङ गुरुङले जानकारी दिनुभयो

लोमान्थाङको पर्खालभित्र बाहिरको सडक छेउमा बत्ती जडान गरिएको ,” उहाँले भन्नुभयोरातको समयमा उज्यालो हुँदा हिँडडुल गर्न सहजहुनुका साथै गाउँ आकर्षक बनेको एक सय ४६ वटा काठका पोल चार वटा व्यक्तिका घरमा सडक बत्ती जडान गरिएको काठकापोललाई कलात्मक बनाइएको बस्तीभित्र विद्युत्को तारलाई भूमिगत बनाइएको सन् २०२० देखि सुरु गरिएको सडक बत्ती जडान गर्नेकाम केही दिनअघि मात्रै सकिएको हो

जिग्मे फाउण्डेशनका कार्यक्रम निर्देशक पाङदेन ढोल्कर गुरुङले सडक बत्ती जडान गर्न रु ४९ लाख खर्च भएको जानकारी दिनुभयो केन्द्रीयप्रसारण लाइनको विद्युत् सुविधा पुगेपछि जनप्रतिनिधिहरुले सडक बत्ती जडानको योजना अघि सारेका थिए

सडक बत्तीको मिटर बक्स जडान गरेको लोमान्थाङ गाउँपालिकाले महशुल तिर्ने व्यवस्था मिलाएको माटोको पर्खालभित्र रहेकोलोमान्थाङको मुख्य बस्तीमा तत्कालीन मुस्ताङ राजाको दरबार गुम्बासहित करिब २०० माटोले बनेका घर छन् ऐतिहासिक महत्वकोलोमान्थाङ बस्ती पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु