११ महिनासम्म पाएनन् नतिजा, अर्थहीन भए शिक्षामन्त्रीको अनुगमन र निर्देशन

काठमाडौं: त्रिभुवन विश्वविद्यालयमा स्नातक तह दोस्रो वर्षको नतिजा ११ महिनासम्म आएको छैन । त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारीले खाइपाइ आएको प्रोत्साहन भत्ता आन्तरिक रूपमा नमिल्दा त्यसको मार विद्यार्थीले भोग्नुपरेको हो ।

पनिकाका कर्मचारीको भत्ता वितरणमा आन्तरिक असन्तुष्टि रहेको र त्यसले कामसमेत प्रभावित भएकाले विद्यार्थीको नतिजामा असर देखिएको त्रिवि स्रोतले जनायो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने पनिकामा कर्मचारी अभावका कारण समयमा नतिजा निकाल्न कठिन भएको बताएका छन् । उनले बिए दोस्रो वर्षको नतिजा अब तत्काल आउने बताए । शनिबारसम्म सार्वजनिक गरिसक्ने तयारी भए पनि केही प्राविधिक कारणले नसकिएको र तत्काल सार्वजनिक गर्ने जोशीको दाबी छ । व्यवस्थापन संकायलगायतका नतिजा भने केही दिनअघि मात्रै सार्वजनिक भएको छ । पनिकामा साढे दुई सय कर्मचारी हुनुपर्नेमा डेढ सयको हारहारी मात्र रहेको प्रशासनले जनाएको छ ।
समयमै नतिजा नआउँदा रोजगारीका अवसरबाट वञ्चित हुनुपरेको विद्यार्थीको गुनासो छ । विद्यार्थी सुदीप कर्णले नतिजा नआउँदा धेरै समस्यामा परेको बताए । उनले विद्यार्थीको भविष्यप्रति जिम्मेवार निकाय नै संवेदनशील नदेखिएको बताए ।
दोस्रो वर्षको नतिजा नआए पनि विद्यार्थी भने तेस्रो वर्षको समेत परीक्षा दिएर बसेका छन् । तीनवर्षे मानविकी संकायका विद्यार्थीका लागि एउटा तह नै सकिएको छ, तर दोस्रो र तेस्रो वर्षको नतिजा आएको छैन । अघिल्लो वर्षको परीक्षा दिएर माथिल्लो वर्षमा पढेका विद्यार्थीको परीक्षा आउँदासम्म नतिजा आएको छैन । नतिजामा ढिलाइ मात्र होइन कतिपय विषयमा प्रयोगात्मक नम्बर नआउने, छुट्नेलगायत कारणले विद्यार्थीले दुःख पाउने गरेका छन् ।

अर्थहीन भए शिक्षामन्त्रीको अनुगमन र निर्देशन

वार्षिक तथा सेमेस्टर प्रणालीका परीक्षाका नतिजा आउन ढिलाइ हुने गरेको जानकारी पाएपछि शिक्षामन्त्री देवेन्द्र पौडेलले केही महिनापहिले त्रिभुवन विश्वविद्यालयको अनुगमन गरेका थिए । अनुगमनका क्रममा पनिका बल्खु पुगेका मन्त्री पौडेलले समयमै नतिजा सार्वजनिक गर्न निर्देशन दिएका थिए । मन्त्री पौडेलले कुनै पनि बहाना नगरी समयमै नतिजा निकाल्न आग्रह गरेका थिए । तर, मन्त्रीले अनुगमन गरे पनि नतिजामा सुधार भए–नभएको कुनै वास्ता नगर्दा समस्या जहाँको तहीँ रहेको कर्मचारीले बताए । परीक्षा नियन्त्रण कार्यालय बल्खुले वार्षिक र डिन कार्यालयहरूले सेमेस्टर प्रणालीका परीक्षा सञ्चालन गर्दै आएका छन् ।
शिक्षामन्त्री पौडेलले केही महिनापहिले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको समेत अनुगमन गरेका थिए । उनले समयमै विद्यार्थीको हातमा पुस्तक पुर्‍याउन निर्देशन दिएका थिए । तर, यस वर्ष जनक शिक्षाबाट प्रकाशन हुने विद्यालय तहको पुस्तक अभाव छ । कक्षा ४ देखि १० सम्म पुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षाले सबै कक्षाको पुस्तक पुर्‍याउन सकेको छैन भने लाखौँ थान पुस्तक छपाइ गर्न बाँकी छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago