विदेशी पर्यटकका लागि जापाना खुला

टोकियो: दुई वर्षदेखि पर्यटकका लागि बन्द रहेको जापानले ९८ देश र क्षेत्रका पर्यटकका लागि आफ्नो सिमाना खुला गरेको छ । तर, केही प्रतिबन्ध भने अझै जारी राखिएको छ । जापानले काेभिड भाइरस नियन्त्रणका लागि विभिन्न कदम चालेको थियो । सन् २०२० मा सम्पन्न टोकियो ओलम्पिक खेलमासमेत विदेशी आगन्तुकहरूलाई प्रतिबन्ध लगाएको थियो ।

विदेशी वासिन्दा र व्यावसायिक यात्रुहरूका लागि यात्रा प्रतिबन्धहरू पहिले नै खुकुलो पारिएको थियो र सरकारले १ जुनदेखि दैनिक विदेशी आगमनको सीमा २०,००० पु¥याएको छ ।

मार्चको मध्यदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पनि प्रवेश अनुमति दिइएको छ । १० जुनदेखि टुर समूहहरूलाई देश प्रवेश गर्न अनुमति दिइनेछ । तर, एक सय देश र क्षेत्रलाई रातो, पहेलो र निलो गरी तीनओटा जोखिम समूहमा विभाजन गरिएको छ । विदेश मन्त्रालयका अनुसार जोखिम समूह मूल्यांकन गरेर ती देशबाट आउने आगन्तुकहरूलाई क्वारेन्टिनमा राख्ने वा नराख्ने भन्ने बारेमा निर्धारण गरिनेछ ।

पयर्टन जापानको अर्थतन्त्रको एउटा मुख्य हिस्सा हो । सन् २०२० मा पर्यटक आगमन ९०% भन्दा बढी घटेको थियो । तर, विदेशी पर्यटकहरूका लागि सिमाना खुला गरेसँगै पयर्टन व्यवसायी उत्साहित भएका छन् ।

‘लगभग दुई वर्षदेखि जापानको सीमा बन्द भए पनि हामी जापान भ्रमणमा धेरैले रुची जनाएकाे देखिरहेका छौं । सीमा पूर्ण रूपमा खुला हुने बित्तिकै बुकिङमा भिड हुनेछ’, इन्टरपिड ट्राभलकी प्रबन्ध निर्देशक जिना बेन्चेखले भनिन् । एजेन्सी

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago