काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले टिमोर लिस्टेको अन्डर–२३ टिमसँग बराबरी खेलेको छ ।
गएराति दोहास्थित ग्राण्ड हमाद स्टेडियममा भएको फ्रेन्डली म्याचमा नेपालले २–२ को बराबरी खेलेको हो ।
पहिलो हाफमा २–० ले पछि परेको नेपालले खेलको अन्त्य सम्ममा बराबरीको नतिजा निकाल्न सफल भएको थियो ।
नेपालबिरुद्ध टिमोर लिस्टेले ४४औं मिनेटमा पहिलो गोल गरेको थियो । त्यसको २ मिनेटभित्रै पहिलो हाफमो इन्ज्युरी समयको थप गरिएकोपहिलो मिनेटमा टिमोर लिस्टेले अर्को गोल गर्दै २–० को अग्रता बनाएको थियो ।
त्यसपछि दोस्रो हाफको खेलको ५१औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै नेपालका लागि पहिलो गोल गरे । त्यस्तैगरी ७२औं मिनेटमानेपाललेअर्को गोल थप्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।
नेपालले नियमित खेलाडिहरुलाई टिममा समावेश नगरी नयाँ खेलाडीहरुलाई स्थान दिएको यो खेलमा बराबरीको नतिजा निकाल्न सफल भएकोहो ।
नेपालको कप्तान किरन चेम्जोङसहित ११ सिनियर खेलाडी टीममा छैनन् । अब नेपालले यही जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने छ ।
त्यस्तैगरी एएफसी एशियन कप छनौट खेलहरु आउदो जुन ८ देखि हुनेछ । जसमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेल जुन ८ मा जोर्डनसँग खेल्दैछ । त्यस्तै दोस्रो खेल जुन ११ मा कुवेतसँग खेल्ने छ । त्यस्तै जुन १४ माइन्डोनेसियाविरुद्ध खेल्नेछ ।
हरेक समूहका शीर्ष टोलीका साथै ५ समूहको उत्कृष्ट दोस्रो टोलीले चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि छनौट हुनेछन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…