पाणिनीमा टेकराज नै किन ? को हुन टेकराज न्यौपाने

बिन्दु पंथी,काठमाडौ: वि.स. २०२३ बैसाख २९ गते पाणिनी गाउँपालिकाको अडगुरी भञ्ज्याङमा जन्मिएका न्यौपाने विधार्थी जीवन बाटै राजनैतिक क्षेत्रमा सक्रिय छन् ।उनी जनज्योति माध्यमिक विद्यालय सन्धिखर्क चुत्राबेशीमा कक्षा ८ मा अध्यन गर्दा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भए ,कक्षा ९ मा अध्यन गर्दा सारदा माध्यमिक विद्यालय सतिनेटा अनेरास्ववियु विद्यालय कमिटी को सचिव भएका उनि एसएलसी उत्तीर्ण हुँदै त्यहा भन्दा माथि को शिक्षाको लागि भारत गएका थिए ।
२०४९ साल देखि २०७० साल सम्म श्री विद्या विनोद माध्यमिक विद्यालय अड्गुरीको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भइ अर्घाखाँची जिल्लाकै नमुना विद्यालयको छनोटमा विद्यालयलाई पार्न सफल भएका हुन् ।

वि स २०५१ सालमा तत्कालिन अड्गुरी गाविस को सचिव भएका न्यौपाने वि. स. २०५४ सालमा अड्गुरी गाविसको ने क पा एमालेको तर्फबाट गाविस अध्यक्षको उमेद्वारी सँगै झिनो मतले पराजित भएका थिए । वि स २०५९ सालमा नेकपा एमाले अर्घाखाँची जिल्ला कमिटी सदस्य हुँदै वि स २०७४ सालमा नेकपा एमाले संपर्क मञ्च अध्यक्ष हुँदै अहिले नेकपा एमाले पाणिनी गाउँपालिका कमिटी इन्चार्ज पनि हुन् ।
गाउँपालिका इन्चार्ज भए सँगै नेकपा एमालेको तर्फबाट पाणिनी गाउपालिकाको अध्यक्षमा उमेद्वारी दिएका न्यौपाने पालिका कमिटिको सर्वसम्मत चयन भएका उमेद्धवार हुन । उनका चुनाबी एजेण्डा पनि जनतालाई प्रतक्ष्य र सकारात्मक प्रभाव पार्ने खालका रहेका छन् । शिक्षा ,स्वास्थ्य, खानेपानी ,बाटो ,कृषि लगायतका क्षेत्रको विकास उनको मुख्य लक्ष्य रहेको छ ।

सालिन स्वभाव, बौद्धिक ब्यातित्व, प्रष्ट विचार र स्पष्ट धारणा भएका उनि आफ्ना एजेण्टा सहित जनताको घर दैलोमा पुगेका न्यौपानेलाई जनताले रुचाएका छन् । उनी पैसा कमाउनको लागि राजनीतिकमा नआएको, जनताको सेवा गर्नको लागि आफ्नो उमेद्वारी दिएको बताउँछन।पैसा भन्दा ठूलो जनता को सेबा रहेको उनी बताउँछन् । उनको यो उमेद्वारीले पाणिनीको स्थानीय तहको चुनाव एकलौटी हुने एमाले कार्यकर्ता बताउने गरेका छन् । यद्यपि पाणिनीको चुनाव प्रतिस्पर्धात्म हुने निश्चित त देखिन्छ नै कांग्रेसले समयमै उमेद्धवारको छनोट गर्न नसक्नुले पनि न्यौपानेलाई थप बल पुगेको उनका सहयोगिहरुले बताउने गरेका छन् ।
टेकराज न्यौपानेको उमेद्वारी यतिबेला सबैको बहसको विषय पनि बनेको छ भने विपक्षिलाई फलामको चिउरा बनेको उनको उमेद्धवारिले राजनितिमा इमान्दारको आशा पुरा भएको अनुमान पनि स्थानियहरुले गरेका एमाले निकट युवाहरुले बताउने गरेका छन् ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago