पाणिनीमा टेकराज नै किन ? को हुन टेकराज न्यौपाने

बिन्दु पंथी,काठमाडौ: वि.स. २०२३ बैसाख २९ गते पाणिनी गाउँपालिकाको अडगुरी भञ्ज्याङमा जन्मिएका न्यौपाने विधार्थी जीवन बाटै राजनैतिक क्षेत्रमा सक्रिय छन् ।उनी जनज्योति माध्यमिक विद्यालय सन्धिखर्क चुत्राबेशीमा कक्षा ८ मा अध्यन गर्दा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भए ,कक्षा ९ मा अध्यन गर्दा सारदा माध्यमिक विद्यालय सतिनेटा अनेरास्ववियु विद्यालय कमिटी को सचिव भएका उनि एसएलसी उत्तीर्ण हुँदै त्यहा भन्दा माथि को शिक्षाको लागि भारत गएका थिए ।
२०४९ साल देखि २०७० साल सम्म श्री विद्या विनोद माध्यमिक विद्यालय अड्गुरीको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भइ अर्घाखाँची जिल्लाकै नमुना विद्यालयको छनोटमा विद्यालयलाई पार्न सफल भएका हुन् ।

वि स २०५१ सालमा तत्कालिन अड्गुरी गाविस को सचिव भएका न्यौपाने वि. स. २०५४ सालमा अड्गुरी गाविसको ने क पा एमालेको तर्फबाट गाविस अध्यक्षको उमेद्वारी सँगै झिनो मतले पराजित भएका थिए । वि स २०५९ सालमा नेकपा एमाले अर्घाखाँची जिल्ला कमिटी सदस्य हुँदै वि स २०७४ सालमा नेकपा एमाले संपर्क मञ्च अध्यक्ष हुँदै अहिले नेकपा एमाले पाणिनी गाउँपालिका कमिटी इन्चार्ज पनि हुन् ।
गाउँपालिका इन्चार्ज भए सँगै नेकपा एमालेको तर्फबाट पाणिनी गाउपालिकाको अध्यक्षमा उमेद्वारी दिएका न्यौपाने पालिका कमिटिको सर्वसम्मत चयन भएका उमेद्धवार हुन । उनका चुनाबी एजेण्डा पनि जनतालाई प्रतक्ष्य र सकारात्मक प्रभाव पार्ने खालका रहेका छन् । शिक्षा ,स्वास्थ्य, खानेपानी ,बाटो ,कृषि लगायतका क्षेत्रको विकास उनको मुख्य लक्ष्य रहेको छ ।

सालिन स्वभाव, बौद्धिक ब्यातित्व, प्रष्ट विचार र स्पष्ट धारणा भएका उनि आफ्ना एजेण्टा सहित जनताको घर दैलोमा पुगेका न्यौपानेलाई जनताले रुचाएका छन् । उनी पैसा कमाउनको लागि राजनीतिकमा नआएको, जनताको सेवा गर्नको लागि आफ्नो उमेद्वारी दिएको बताउँछन।पैसा भन्दा ठूलो जनता को सेबा रहेको उनी बताउँछन् । उनको यो उमेद्वारीले पाणिनीको स्थानीय तहको चुनाव एकलौटी हुने एमाले कार्यकर्ता बताउने गरेका छन् । यद्यपि पाणिनीको चुनाव प्रतिस्पर्धात्म हुने निश्चित त देखिन्छ नै कांग्रेसले समयमै उमेद्धवारको छनोट गर्न नसक्नुले पनि न्यौपानेलाई थप बल पुगेको उनका सहयोगिहरुले बताउने गरेका छन् ।
टेकराज न्यौपानेको उमेद्वारी यतिबेला सबैको बहसको विषय पनि बनेको छ भने विपक्षिलाई फलामको चिउरा बनेको उनको उमेद्धवारिले राजनितिमा इमान्दारको आशा पुरा भएको अनुमान पनि स्थानियहरुले गरेका एमाले निकट युवाहरुले बताउने गरेका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago