भरतपुर: नेकपा (एमाले)ले भरतपुर महानगरपालिकामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बैशाख २६ गते चुनावी आमसभा गर्ने भएको छ । बैशाख २६ गते भरतपुर बसपार्क परिसरमा महानगर स्तरीय अन्तिम चुनावी सभा गर्ने एमाले भरतपुर महानगर निर्वाचन प्रचार समिति संयोजक तेजेन्द्र खड्काले जानकारी दिए ।
‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा व्यापक जनसहभागितामा चुनावी सभा गर्ने तयारी छ’, खड्काले भने । त्यसअघि भरतपुर महानगरका विभिन्न चार वटा स्थानमा क्षेत्रीय सभा गरिने प्रचार समितिले जनाएको छ । समितिका सचिव हरिप्रसाद पोखरेलका अनुसार बैशाख १८ गते दिउसो १ बजे वडा नं १४ शिवनगर, २० गते दिउसो १ बजे बिजयनगर, २२ गते दिउसो १ बजे चनौली, २४ गते दिउसो १ बजे पर्साढापमा क्षेत्रीय चुनावी सभा हुनेछ ।
भरतपुर महानगरमा मेयर पदको लागि एमालेबाट बिजय सुवेदी चुनावी मैदानमा छन् । एमाले–राप्रपा तालमेलपछि उपमेयरमा राप्रपाबाट हिमला गुरुङ छन् । सुवेदी र गुरुङले हाल संयुक्त रुपमा चुनावी घरदैलो गरिरहेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…