देउवा नै आए पनि उमेदवारी फिर्ता हुन्न

काठमाडौं: नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नै आए पनि आफ्नो उमेदवारी फिर्ता नहुने अडान लिएका छन् ।
सत्ता गठबन्धनबीच भागबन्डा हुँदा भरतपुर महानगरपालिकाको प्रमुख पद नेकपा (माओवादी केन्द्र)लाई छोडिएपछि असन्तुष्ट कांग्रेस कार्यकर्ताको प्रतिनिधित्व गर्दै उनले स्वतन्त्र उमेदवारी दिएका छन् । शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाँणले भेटका लागि राखेको प्रस्ताव समेत पौडेलले अस्वीकार गरेका थिए ।

चितवन कांग्रेसका कार्यकर्ताको भावनाअनुसार आफू प्रमुखको उमेदवार भएको भन्दै उनले अब सभापति देउवा नै आए पनि फिर्ता नहुने बताए । “म चितवन कांग्रेसका कार्यकर्ताको भावनाअनुुसार अघि बढेको हुँ । म उहाँहरूकै साथ, सहयोग र भरोसामा अघि बढिरहेको छु,” पौडेलले बाह्रखरीसँग भने, “अब सभापति शेरबहादुर देउवा नै आए पनि मेरो उमेदवारी फिर्ता हुन्न ।”
अब नेताहरू होइन, मतदाता भेट्नुपर्ने उनी बताउँछन् । “नेपाली कांग्रेसले चितवन र भरतपुर महानगरपालिकामाथि अन्याय गरेको छ । एकपटक होइन, पटक–पटक कांग्रेस भएबापत लज्जित हुने अवस्था निर्माण गरेको छ,” उनले भने, “चितवनका जनता र कांग्रेसका कार्यकर्ता नेतृत्वको आदेशमा दुनियाँसामु शिर झुकाउन तयार छैनन् । उनीहरू तयार नहुँदासम्म मैले उमेदवारी फिर्ता लिएर आत्मसमर्पण गर्ने छैन ।”

उनका स्वकीय सचिव नवीन बरालका अनुसार अहिले पौडेल निवासमा कांग्रेस कार्यकर्ताको भिड लागेको छ । कार्यकर्ताले चितवनलाई न्याय गर्ने भए माओवादी केन्द्रको उमेदवारी फिर्ता हुनुपर्ने भन्दै न्याय गर्न नचाहने नेतृत्वको आदेश पालना पनि नहुने अडान राखिरहेका छन् ।
पौडेल जित सुनिश्चित गर्न उनीहरूसँग परामर्शमा छन् । महानगरपालिका हुनुअघि भरतपुरको मेयर भएसकेका पौडेल राष्ट्रियसभाका पूर्वसदस्य र वरिष्ठ अधिवक्ता समेत हुन् । केन्द्रीय नेतासँग अब उमेदवारीबारे वार्ता नै नगर्ने उनी बताउँछन् ।
केन्द्रमा शुक्रबार सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकले गठबन्धनको निर्णयविपरीत उमेदवारी दिनेको सदस्यता खारेज हुने निर्णय गरेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago