वैज्ञानिकहरूको टोली सगरमाथाको अनुसन्धानमा

बेइजिङ: चिनियाँ वैज्ञानिकहरूको एउटा टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको अनुसन्धान आरोहण सुरू गरेको छ । बिहीबार दोस्रो छिङहाई-तिब्बत पठारको बृहत् वैज्ञानिक अभियान अनुसन्धान टोलीले ‘पिक मिसन २०२२, सगरमाथा अति उच्च भेगको वैज्ञानिक अनुसन्धान’ परियोजना सुरू गरेको हो ।
चीनले पहिलो पटक सगरमाथाका ६ वटा प्रमुख सर्कलहरूको संयुक्त रूपमा अनुसन्धान र अध्ययन गर्न उन्नत प्रविधि, विधि र माध्यमहरू प्रयोग गरिने जनाएको छ । अनुसन्धानमा पश्चिमी-जलवायु, एसियाली जलस्रोत चुचुराहरूको परिवर्तन, मानवीय गतिविधि, भिरालोपन, चट्टानहरूबीचको सम्पर्क संयन्त्र, जैविक विविधता तथा इकोसिस्टम जस्ता प्रमुख वैज्ञानिक मुद्दाहरूमा यो अनुसन्धान केन्द्रित रहेको जनाइएको छ ।

छिङहाइ-तिब्बत वैज्ञानिक अभियानको नेतृत्व गरिरहेका प्राज्ञ याओ थानतोङले बताएअनुसार यो अध्ययन विशेषतः हिमनदी, हिउँको आवरण, हिमताल तथा हिमनदीका प्रमुख प्रक्रियाहरूमा हुने परिवर्तनबारे केन्द्रित गरिनेछ । यसबाट पृथ्वीको प्रणालीगत सीमा समस्याहरूको अन्वेषण गरिने उनले बताए। ‘समग्र वैज्ञानिक लक्ष्य तापक्रमको पृष्ठभूमिमा सगरमाथाको अति उच्च भेगमा वातावरणीय परिवर्तनको नियम, हरितगृह ग्याँसको कन्सन्ट्रेसन परिवर्तनका विशेषताहरू, इकोसिस्टमको कार्बन प्रक्रियाबारे विश्लेषण गरिनेछ’, उनले भने, ‘यसबाट प्रतिकूल वातावरणमा मानवीय अनुकूलनका विशेषता पहिल्याएर पृथ्वीको व्यवस्थित वैज्ञानिक अनुसन्धानमा ठूलो उपलब्धी हासिल हुनसक्नेछ।’
दोस्रो छिङहाइ-तिब्बत वैज्ञानिक अभियान टोली र तिब्बत पर्वतारोहण टोलीले सगरमाथा वैज्ञानिक आरोहण थालेको हो । पाँचवटा वैज्ञानिक आरोहण दलका १६ समूहसहित कूल २७० भन्दा बढी वैज्ञानिकहरू यस आरोहणमा संलग्न छन् । उनीहरूले सगरमाथाको अत्यन्त उच्च भेगमा मौसम विज्ञानको ढाँचा अध्ययनका लागि स्वचालित अवलोकन र डेटा प्रसारणका लागि स्वचालित मौसम स्टेसनहरू स्थापना गर्ने बताएका छन् । त्यसका लागि ८ हजार मिटरभन्दा माथि यस्ता प्रविधि जडान गरिनेछ। त्यस्तै पाँच हजार ५ सयदेखि ३ सय मिटरसम्मका बरफ र चट्टानका नमूनाहरू संकलन गर्ने योजना छ ।

चीनले सन् १९५० को दशकदेखि सगरमाथामा ६ वटाभन्दा बढी वैज्ञानिक आरोहण गरेको छ । यो शिखर मिसनले पहिलो पटक ८ हजार मिटरभन्दा माथिको उचाई पार गर्ने र सगरमाथा शिखरको व्यापक वैज्ञानिक अनुसन्धान लक्ष्य पूरा गर्ने चिनियाँ सञ्चारमाध्यमहरूले लेखेका छन् । सन् २०१७ मा पहिलो पटक वैज्ञानिक आरोहण गरेपछिको चीनको यो दोस्रो छिङहाई-तिब्बत वैज्ञानिक आरोहण अभियान हो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago