प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवाद

काठमाडौं: मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण बन्द प्रशिक्षण छाडेका ११ खेलाडीको स्थानमा १४ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ । नेपालका लागि कुवेती नागरिक अब्दुल्लाहले ‘प्लेइङ सेट’ का ११ खेलाडीले टिम छोडेपछि यसअघि टिम बाहिर रहेका ६ खेलाडीसहित १४ खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् ।

दुई खेलाडी भने ‘बी’ डिभिजन लिग र ‘सी’ डिभिजन लिगबाट झिकाएका छन् । दुबै खेलाडी पहिलोपटक बन्द प्रशिक्षणमा बोलाइएका हुन् ।

स्रोतका अनुसार दुई खेलाडी ‘बी’ र ‘सी’ डिभिजनबाट बोलाइँदा यस्तै पाँच खेलाडीले दोस्रोपटक बन्द प्रशिक्षणमा मौका पाएका छन् । एन्फाले भने आधिकारिक रुपमा खेलाडी नाम सार्वजनिक गरेको छैन ।

शिव गुरुङ, रुपबहादुर लामा, निरकुमार राई, अभिषेक बराल, विकास तामाङ र रोशन राना मगर यसअघि नै बन्द प्रशिक्षणमा पर्दै आएका छन् ।

शिव न्युरोड टिम एनआरटीबाट खेल्छन् भने रुपले जावलाखेलको प्रतिनिधित्व गरेका थिए । यस्तै निर नेपाल पुलिस क्लबका हुन् भने अभिषेक सातदोबाटो युथका गोलरक्षक हुन् । रक्षक विकास त्रिभुवन आर्मी फुटबल क्लबका हुन् भने रोशनले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को प्रतिनिधित्व गरेका थिए ।

यता, नयाँ खेलाडीमा भने सी डिभिजन लिगबाट पुल्चोक स्पोर्टस् क्लबका मनिष मगर मनिषकुमार जर्घा रहेका छन् । यस्तै बी डिभिजनबाट प्रकाश रानाभाट परेका छन् ।

यता, आर्मीका जर्ज प्रिन्स कार्की र विकास, सातदोबाटोका आकाश बुढा मगर र सुशील राई, थ्री स्टारका सन्जोक राई, मनाङ मर्स्याङ्दीका गोलरक्षक विशाल सुनार र एपीएफ फुटबल क्लबका राजन गुरुङ टिममा फर्किएका छन् ।

यसअघि खेलाडीको मागलाई सिनियर खेलाडीको रुपमा प्रशिक्षक अब्दुल्लाहलाई आवाज सुनाउन पुगेका रक्षक रोहित चन्दलाई क्याम्पबाट निकालिएको थियो । आफ्नो आवाज सिनियरको आधारमा उठाएका चन्दलाई टिमबाट निकालिएपछि अन्य १० खेलाडीले समेत त्यसको भागिदार आफूहरु रहेको जनाउँदै होटल छाडेका हुन् ।

होटल छाड्नेमा रोहित चन्द, विमल घर्ति मगर, सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, सुमन लामा, तेज तामाङ र दिनेश राजवंशी रहेका छन् । टिम छाडेका खेलाडीलाई एन्फाअन्तर्गत रहेको खेलाडी संघले समेत समर्थन गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष विक्रम लामा र उपाध्यक्ष विकेश कुथुको समेत उपस्थित रहेको थियो ।

अध्यक्ष लामाले खेलाडीको गुनासो एन्फामा पुर्‍याएको र कुनै धारणा नआएको बताएका छन् । यस्तै माल्दिभ्समा व्यावसायिक फुटबल खेलिरहेका कप्तान किरण कुमार लिम्बूले सामाजिक संञ्जालमा एक पोष्ट गर्दै खेलाडीलाई समर्थन गरेका छन् ।

नेपालले ११ र १५ जेठमा अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ भने एएफसी एसियन कप-२०२३ को छनोट खेलहरू जेठ अन्तिम साता खेल्दै छ । जहाँ नेपालले बलिया प्रतिद्वन्द्वी जोर्डन, कुवेत र इन्डोनेसियाको सामना गर्नेछ ।

यता, प्रशिक्षक अब्दुल्लाह खेलाडीको यो निर्णयसँगै नयाँ खेलाडीलाई अवसर दिने साेचमा देखिएका छन् । सोहीअनुसार उनले १४ खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago