अर्घाखाँची: मालारानी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका एमाले जिल्ला कमिटी सदस्य बालकृष्ण आचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा आचार्यले कांग्रेस-माओवादी गठबन्धनलाई पराजित गर्दै मालारानी गाउँपालिका अध्यक्षमा विजयी भएका थिए ।
उनले दोस्रो पटक दोहोरिन आकांक्षा राखेका थिए । एमालेले दलबहादुर भट्टराईलाई पालिका अध्यक्षको उम्मेदवार बनाएपछि आचार्यले आफूसँग पाटीले परामर्श नगरको भन्दै असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी मनोनयन गरेका थिए ।
एमाले नेताको छलफलपछि भट्टराईलाई नै सहयोग गर्ने गरी उम्मेदवारी फिर्ता गरेको आचार्यले बताए । ‘कुरा मिल्यो, भट्टराईलाई अध्यक्षमा जिताउन दिल-ओ-ज्यान दिएर लाग्छु,’ उनले भने । यसैबीच चार दलीय गठबन्धन भएपछि मालारानीको अध्यक्षमा बागी उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य पिताम्बर भुसालले पनि फिर्ता लिएका हुन् ।
भुसालले चारदलीय गठबन्धनका उम्मेदवारलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिएको बताए । चार दलीय गठबन्धनमा ६ वटा वडाध्यक्ष नेकपा एसको भागमा परेको छ । यहाँ जसपा भने गठबन्धनबाट बाहिरिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…