बागी उम्मेदवार आचार्यद्वारा उम्मेदवारी फिर्ता

अर्घाखाँची: मालारानी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका एमाले जिल्ला कमिटी सदस्य बालकृष्ण आचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा आचार्यले कांग्रेस-माओवादी गठबन्धनलाई पराजित गर्दै मालारानी गाउँपालिका अध्यक्षमा विजयी भएका थिए ।
उनले दोस्रो पटक दोहोरिन आकांक्षा राखेका थिए । एमालेले दलबहादुर भट्टराईलाई पालिका अध्यक्षको उम्मेदवार बनाएपछि आचार्यले आफूसँग पाटीले परामर्श नगरको भन्दै असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी मनोनयन गरेका थिए ।

एमाले नेताको छलफलपछि भट्टराईलाई नै सहयोग गर्ने गरी उम्मेदवारी फिर्ता गरेको आचार्यले बताए । ‘कुरा मिल्यो, भट्टराईलाई अध्यक्षमा जिताउन दिल-ओ-ज्यान दिएर लाग्छु,’ उनले भने । यसैबीच चार दलीय गठबन्धन भएपछि मालारानीको अध्यक्षमा बागी उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य पिताम्बर भुसालले पनि फिर्ता लिएका हुन् ।

भुसालले चारदलीय गठबन्धनका उम्मेदवारलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिएको बताए । चार दलीय गठबन्धनमा ६ वटा वडाध्यक्ष नेकपा एसको भागमा परेको छ । यहाँ जसपा भने गठबन्धनबाट बाहिरिएको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago