कांग्रेसबाट यी बागी उम्मेदवार एमालेमा प्रवेश, गठबन्धनमा खैलाबैला

काठमाडौं: दोलखाको बैतेश्वर गाउँपालिको उपाध्यक्षमा उम्मेदवारी दिएका नेपाली कांग्रेस दोलखा जिल्लाका पूर्वउपसभापति छबी लामा नेकपा एमालेमा प्रवेश गरेका छन् । कांग्रेसबाट गाउँपालिका अध्यक्षको टिकटका दाबेदार लामाले अन्तिममा टिकट नपाएपछि उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।
एमालेले उनको स्वतन्त्र उम्मेदवारीलाई समर्थन जनाउँदै पार्टीबाट उम्मेदवारी दिएकी नविना लामालाई फिर्ता बोलाएको छ । कांग्रेस नेता लामा एमाले प्रवेश गरेपछि उनलाई एमालेले उपाध्यक्षमा सहयोग गर्ने र एमाले उम्मेदवारले मनोनयन फिर्ता लिने सहमति भएको एमाले दोलखा जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धरले बताए । लामालाई एमाले पोलिटब्यूरो सदस्य पार्वत गुरुङ, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठलगायतले पार्टीमा स्वागत गर्दै एमालेको आधिकारिक उपाध्यक्ष उम्मेदवार घोषणा गरेका हुन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट काठमाडौं महानगरको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएकाहरूको उम्मेदवारी खारेज भएको छ ।प्रमुख र उपप्रमुखमध्ये एक जना महिला हुनुपर्ने भए पनि लोसपाले दुवै पदमा पुरुषलाई उम्मेदवार बनाएको थियो । लोसपाबाट प्रमुखमा डानिन्द्र जोशी र उपप्रमुखमा उदय खड्कीले उम्मेदवारी दिएका थिए । यस्तै आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी नेपाल परिवार दलकी विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ।

समानुपातिकको बन्द सूचीमा नाम समावेश भएकाले उनको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले जानकारी दिए। यसैगरी वडा नं ५ बाट नेकपा ९माओवादी केन्द्र०को तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी लक्ष्मी उखेडा, वडा नं ४ बाट महिला सदस्यमा उम्मेदवारी दिएकी नेकपा ९एकीकृत समाजवादी०का पार्वतीदेवी भाट, वडा नं ६ बाट राप्रपाको तर्फबाट वडा सदस्यमा उम्मेदवारी दिएका सूर्यलाल डगौँराको उम्मेदवारी रद्द भएको छ।

वडा नं ६ को वडाध्यक्षमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका दिलीपराज भण्डारीको उम्मेदवारी पनि रद्द भएको छ। वडा नं ७ को सदस्यमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवारी दिएकी झगरु राना र वडा नं १९ बाट नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी देवी स्नेहीको समेत उम्मेदवारी रद्द भएको छ।

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर ओड, नेकपा ९एमाले०का रणबहादुर चन्द, राष्ट्रिय जनमोर्चाका अञ्जना श्रेष्ठ, जनता समाजवादी पार्टीका कवीन्द्र ऐर, नागरिक उन्मुक्ति पार्टीका नीमकुमार चौधरी, लोकतान्त्रिक समाजवादीका वसन्तबहादुर विश्वकर्मा र सचेत पार्टी नेपालका भारती थापा उम्मेदवार छन्।

प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनेमा गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्ट छन्। उपप्रमुखको उम्मेदवारी दिनेमा नेकपा ९माओवादी केन्द्र०का शान्तिकुमारी अधिकारी क्षेत्री, एमालेका कन्दकला रानाथारु, विवेकशील साझा पार्टीका विमला पन्त, नागरिक उन्मुक्ति पार्टीका सावित्री देवी चौधरी, राप्रपाका दुर्गादत्त पन्त र स्वतन्त्र प्रभाकर भण्डारी छन्।

जिल्लाको पूर्वी क्षेत्रको लम्कीचुहा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका दुई जनामध्ये सुशीला शाहीको उम्मेदवारी कायम गरी भक्तबहादुर थापाको उम्मेदवारी रद्द गरिएको छ।

पार्टीले आधिकारिक उम्मेदवार यकीन गरी पठाएकाले थापाको उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृत हिरालाल चौधरीले जानकारी दिए। यस्तै नेकपा ९माओवादी केन्द्र०का तर्फबाट सो नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका धीरेन्द्र रावलको उम्मेदवारी पार्टीगतरुपमा आधिकारिक नभएपछि रद्द गर्नुपरेको चौधरीले बताए। सो नगरपालिको खुला सदस्यका एक उम्मेदवारको पनि उम्मेदवारी रद्द भएको छ ।

जिल्लाको गोदावरी नगरपालिकाको विभिन्न पदमा उम्मेदवारी दिनेमध्ये नौ जनाको उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले बताए। १२ वडा रहेको सो नगरपालिकाको प्रमुखमा नौ जना, उप्रमुखमा पाँच, वडाध्यक्षमा ६९, सदस्यमा २२४ जनाले उम्मेदवारी दिएका छन्।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago