एम्बर हर्डलाई हटाउने माग गर्दै बीस लाख बढि हस्ताक्षर

ऐजेन्सी: जोनी डेप र एम्बर हर्डको मानहानी मुद्दाले नयाँ मोड लिएको छ। ‘द पाइरेट्स अफ दी क्यारिबियन’ स्टार जोनी डेपले अदालतमा एम्बर हर्ड बिरुद्ध गवाही दिएपछि थुप्रै समर्थकहरु उनको समर्थनमा उभिएका छन् । अहिले ‘जस्टिस फर जोनी’ सामाजिक संजालमा ट्रेन्डिङमा रहेको छ ।

कलाकार समेत रहेकी डेपकी पूर्व पत्नी एम्बर हर्डलाइ चलचित्र ुअक्वामेन(२ु बाट निष्कासन गर्नका लागि अजबलनभ।यचन मा याचिका पनि दर्ता भएको छ । त्यस याचिकामा अहिलेसम्म बीस लाख भन्दा बढि मानिसहरुले हस्ताक्षर गरिसकेका छन्।

यस अघि, कलाकार एम्बर हर्डले जोनी डेप विरुद्ध घरेलु हिंसाको आरोप लगाएकी थिइन, जसका कारण जोनी डेपलाइ ‘डिस्ने’को पाइरेट्स अफ दि क्यारिबियनबाट निकालिएको थियो। त्यसपछि उनले आफ्नो ब्यवासायिक करियर धरापमा परेको भन्दै पूर्वपत्नी एम्बर हर्ड विरुद्ध मानहानीको मुद्दा दायर गरेका हुन्।

ऋजबलनभ।यचन मा दर्ता भएको याचिका अनुसार, एम्बर हर्ड घरेलु हिंसामा संलग्न भएका कारण चलचित्र अक्वामेन(२ बाट उनलाई हटाउनुपर्ने उल्लेख गरिएको छ ।सन् २००९ मा, पनि एम्बर हर्ड, पूर्व पति तास्य भान रिलाई घरेलु हिंसा गरेको आरोपमा पक्राउ परेकी थिइन् ।

जोनी डेपले अदालतमा, घरेलु हिंसाको पिडित एम्बर हर्ड नभई ,आफू भएको बयान दिँदै आएका छन् । डेपले आफूले एम्बरलाई होइन कि एम्बरले आफूलाई पिटेके पनि बताउँदै आएका छन् ।

जोनी डेप र एम्बर हर्डको सन् २०१५ मा विवाह भएको थियो भने त्यसको २ वर्ष पछि, सन् २०१७मा उनीहरुको डिभोर्स भएको थियो । डिभोर्स हुनुअघि एम्बरले जोनीविरुद्ध अदालतमा घरेलु हिंसाको मुद्दा दर्ता गराएकी थिइन् ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago