एम्बर हर्डलाई हटाउने माग गर्दै बीस लाख बढि हस्ताक्षर

ऐजेन्सी: जोनी डेप र एम्बर हर्डको मानहानी मुद्दाले नयाँ मोड लिएको छ। ‘द पाइरेट्स अफ दी क्यारिबियन’ स्टार जोनी डेपले अदालतमा एम्बर हर्ड बिरुद्ध गवाही दिएपछि थुप्रै समर्थकहरु उनको समर्थनमा उभिएका छन् । अहिले ‘जस्टिस फर जोनी’ सामाजिक संजालमा ट्रेन्डिङमा रहेको छ ।

कलाकार समेत रहेकी डेपकी पूर्व पत्नी एम्बर हर्डलाइ चलचित्र ुअक्वामेन(२ु बाट निष्कासन गर्नका लागि अजबलनभ।यचन मा याचिका पनि दर्ता भएको छ । त्यस याचिकामा अहिलेसम्म बीस लाख भन्दा बढि मानिसहरुले हस्ताक्षर गरिसकेका छन्।

यस अघि, कलाकार एम्बर हर्डले जोनी डेप विरुद्ध घरेलु हिंसाको आरोप लगाएकी थिइन, जसका कारण जोनी डेपलाइ ‘डिस्ने’को पाइरेट्स अफ दि क्यारिबियनबाट निकालिएको थियो। त्यसपछि उनले आफ्नो ब्यवासायिक करियर धरापमा परेको भन्दै पूर्वपत्नी एम्बर हर्ड विरुद्ध मानहानीको मुद्दा दायर गरेका हुन्।

ऋजबलनभ।यचन मा दर्ता भएको याचिका अनुसार, एम्बर हर्ड घरेलु हिंसामा संलग्न भएका कारण चलचित्र अक्वामेन(२ बाट उनलाई हटाउनुपर्ने उल्लेख गरिएको छ ।सन् २००९ मा, पनि एम्बर हर्ड, पूर्व पति तास्य भान रिलाई घरेलु हिंसा गरेको आरोपमा पक्राउ परेकी थिइन् ।

जोनी डेपले अदालतमा, घरेलु हिंसाको पिडित एम्बर हर्ड नभई ,आफू भएको बयान दिँदै आएका छन् । डेपले आफूले एम्बरलाई होइन कि एम्बरले आफूलाई पिटेके पनि बताउँदै आएका छन् ।

जोनी डेप र एम्बर हर्डको सन् २०१५ मा विवाह भएको थियो भने त्यसको २ वर्ष पछि, सन् २०१७मा उनीहरुको डिभोर्स भएको थियो । डिभोर्स हुनुअघि एम्बरले जोनीविरुद्ध अदालतमा घरेलु हिंसाको मुद्दा दर्ता गराएकी थिइन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago