काठमाडौँ: सत्ता गठबन्धनले स्थानीय तहमा गठबन्धनबाहेकका दलहरूसँग तालमेल नगर्न निर्देशन दिए पनि सिन्धुपाल्चोकको एक पालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल हुने भएको छ । सुनकोशी गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको हो ।
जसअनुसार गाउँपालिका अध्यक्ष एमालेलाई र उपाध्यक्ष माओवादीको भागमा परेको छ । जसअनुसार अध्यक्षमा एमालेका टपेन्द्र तिमल्सिना र उपाध्यक्षमा माओवादीकी दुर्गा थापा हुने सहमति गरिएको छ ।
माओवादीबाट अध्यक्षमा उम्मेदवारी दिएकी कृष्णकुमारी कुँवरले उम्मेदवारी फिर्ता लिने र उपाध्यक्षमा उम्मेदवारी दिएकी एमाले उम्मेदवार मञ्जु नेपाल भण्डारीले आज उम्मेदवारी फिर्ता लिने सहमति गरिएको छ ।
त्यस्तै वडा पनि बाँडफाँट भएको छ । उनीहरूले संयुक्त घोषणापत्र निर्माण गरेर प्रचारप्रसार गर्ने निर्णय गरेका छन् । त्यस्तै आज साँझ साढे ५ बजे संयुक्त पत्रकार सम्मेलन गर्ने निर्णय गरेका छन् ।
माओवादीका जिल्ला संयोजक गोविन्द पराजुलीले केन्द्रको निर्णयबेगर नजाने दाबी गरे । ‘हामी केन्द्रको निर्णय पालना गर्छौँ, सुनकोशीमा एमालेसँग माओवादी मिल्दैन । त्यो हामी रोक्छौँ’ उनले इकागजसँग भने ‘सत्ता गठबन्धनबाहेकका दलसँग चुनावी तालमेल गर्न हामीमा छुट छैन ।’
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…