काठमाडौँ: रुस युक्रेन युद्धको २ महिनाभन्दा बढी भइसक्दा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सहयोग गर्नका लागि अमेरिकी संसद्मा ३३ अर्ब डलर प्रस्ताव गरेका छन् ।
उक्त रकमबाट २० अर्ब डलर सैन्य सहायताका लागि र ८ दशमलब ५ अर्ब डलर युक्रेन सरकारका लागि र बाँकी रकम त्यहाँका आम नागरिकको सहायताका लागि हुने बताइएको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेस तीन दिनदेखि नै युक्रेनको राजधानी किभमा छन् । त्यहाँ पुगेर उनले पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् ।
युक्रेन युद्धको क्रममा १० औं लाख मानिसले देश छाडिसकेको बताइएको छ ।;साथै २ हजार ८ सयभन्दा धेरै नागरिकको मृत्यु भएको छ । तीमध्ये २ सयभन्दा धेरै बालबालिका परेका छन् ।
गत फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेको रुसले शान्ति वार्ताको क्रममा पनि युद्ध जारी राखेको भन्दै रुसविरुद्ध अन्तर्राष्ट्रिय समुदायले चर्को आलोचना गर्दै आएका छन् । रुसले युद्ध अपराध गरेको विषयमा युक्रेन पुगेका राष्ट्रसंघीय महासचिव गुटेरेसले पनि यसबारे जानकारी लिएका थिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…