झापा, निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली आज सार्वजनिक गर्दैछ । हिजो नामावली सार्वजनिक गरेको आयोगले आज दिनभरी उम्मेदवारी फिर्ता लिन समय दिएको छ । उम्मेदवारी फिर्ता लिन चाहनेहरु बेलुकी ५ बजेसम्मको निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ । त्यसपछि भने आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ ।
पार्टीले तय गरेका उम्मेदवारप्रति असन्तुष्ट जनाउँदै ठाउँठाउँमा सत्ता गठबन्धनदेखि विपक्षी दलसहित दलका स्थानीय नेता कार्यकर्ताहरूले गत आइतबार र सोमबार आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिएका छन् । राजनीतिक दलहरूले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन दबाब दिँदै आएका छन् ।
जसले गर्दा आधिकारिक उम्मेदवारलाई जिताउन चुनौती हुने दलहरूको ठम्याइ छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मापौडेलले तोकिएको अवधिमा फिर्ता लिनेबाहेकका अन्तिम नामावली आजै प्रकाशित गर्ने बताउनुभयो । त्यसपछि भोलि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…