स्थानीय तह निर्वाचनका लागि आज उम्मेद्वारी फिर्ता र अन्तिम नामावली सार्वजनिक हुँदै

झापा, निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली आज सार्वजनिक गर्दैछ । हिजो नामावली सार्वजनिक गरेको आयोगले आज दिनभरी उम्मेदवारी फिर्ता लिन समय दिएको छ । उम्मेदवारी फिर्ता लिन चाहनेहरु बेलुकी ५ बजेसम्मको निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ । त्यसपछि भने आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ ।

पार्टीले तय गरेका उम्मेदवारप्रति असन्तुष्ट जनाउँदै ठाउँठाउँमा सत्ता गठबन्धनदेखि विपक्षी दलसहित दलका स्थानीय नेता कार्यकर्ताहरूले गत आइतबार र सोमबार आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिएका छन् । राजनीतिक दलहरूले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन दबाब दिँदै आएका छन् ।

जसले गर्दा आधिकारिक उम्मेदवारलाई जिताउन चुनौती हुने दलहरूको ठम्याइ छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मापौडेलले तोकिएको अवधिमा फिर्ता लिनेबाहेकका अन्तिम नामावली आजै प्रकाशित गर्ने बताउनुभयो । त्यसपछि भोलि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago