इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीय बनाउन बाटो खुल्यो

काठमाडौँ: पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई अब विद्युतीय बनाउन पाइने भएको छ । सरकारले राजपत्रमा सूचना जारी गर्दै इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीय बनाउन बाटो खोलेको हो । ३ वर्षसम्मका लागि इन्धनका सवारीसाधनको इन्जिन वा चेसिसमा परिवर्तन गर्न पाउने व्यवस्था गरिएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ को उपदफा (२)को प्रतिबन्धात्मक वाक्यांश तीन वर्षसम्म लागू नहुनेगरी इन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारीसाधनको हकमा छुट दिने निर्णय भएको’ राजपत्रमा उल्लेख छ ।
ऐनको १७६ मा सरकारले केही कामहरुलाई केही समयका लागि छुट दिन सक्ने व्यवस्था छ । यहीं व्यवस्थामा टेकेर सरकारले पेट्रोलियम इन्जिनको सवारीलाई विद्युतीय बनाउन छुट दिने भएको विभागका महानिर्देशक नमराज घिमिरेले बताए । उनले भने, ‘इन्जिन पेट्रोलियम पदार्थबाट नचल्ने तर वैकल्पिक ऊर्जाबाट सकिन्छ भने त्यसलाई पनि चलाउन अनुमति दिने भन्ने हो ।’ हाल स्वीकृतिबिना पेट्रोलियम सवारीसाधनको इन्जिन वा चेसिसमा परिवर्तन हुनेगरी हेरफेर गर्न नहुने व्यवस्था छ । पेट्रोलियम पदार्थबाट संचालन हुने सवारीलाई विद्युतीयमा रुपान्तरण गरेपछि विभिन्न करमा पनि विद्युतीय सवारीसाधन सरह छुट हुनेछ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago