हिमाली सुरक्षा परिषद् कस्ताे संगठन हाे ? इटहरीमा बम विष्फोट, दुई युवा घाइते

इटहरी: इटहरी २ मा साेमबार राति बम विष्फाेट गर्ने हिमाली सुरक्षा परिषद्ले यस घटनाकाे जिम्मा पनि लिइसकेकाे छ । प्रहरी अधिकारीका अनुसार विष्फाेटमै पर्नेमध्ये एकले उक्त बम ल्याएका थिए । इटहरीमा डेरा गरी बस्ने २२ वर्षीय रविन थापा र २३ वर्षीय शेरजंग गुरुङ यसमा घाइते भएका छन्।
विष्फाेटबारे प्रहरी अनुसन्धानरत छ । १५ फागुनमा सशस्त्र विद्राेह घाेषणा गरेकाे हिमाल सुरक्षा परिषद्ले हिंसात्मक गतिविधिहरूलाइ पूर्वमा केन्द्रित गरेकाे छ । नेतृत्वकाे नाम अझै उल्लेख गरिएकाे छैन । अनि यसले राख्ने मागहरू संविधानसम्मत छैनन् ।
इटहरीमा बम विष्फोट, दुई युवा घाइते

परिषद्काे पहिलाे माग नै संघीयता खारेजीसँग सम्बन्धित छ । उसले ०४७ काे संविधान ब्युँताउँदै त्यसै अन्तर्गतका ५ विकास क्षेत्र कायम गर्न माग गरेकाे छ । धर्मनिरपेक्ष गणतन्त्र घाेषित नेपाललाइ फेरि हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग उसले राखेकाे छ ।
परिषद्ले भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने भनेकाे छ । साथै यसले भर्खरै संसदबाट अनुमाेदित एमसीसी सम्झौतासमेत खारेज गर्न माग गरेकाे छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago