कर्णालीमा झण्डै २ लाख मतदाता थपिए, ९ सय ७ मतदानस्थल

कर्णाली: कर्णाली प्रदेशमा झण्डै २ लाख मतदाता थपिएका छन् । पछिल्लो २ वर्षमा १ लाख ८६ हजार ४ सय ३६ मतदाता थपिएका हुन् । २०७४ मा प्रदेशभर ८ लाख १४ हजार ८ सय ४६ मतदाता थिए । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कर्णाली प्रदेशबाट १० लाख मतदाता सहभागी हुन पाउने भएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीअनुसार कर्णालीमा १० लाख १ हजार २ सय ८२ जना मतदाता रहेका छन् । कुल मतदातामध्ये ५ लाख ६ हजार १ सय ८० जना पुरुष छन् भने महिला मतदाताको संख्या ४ लाख ९५ हजार ९९ जना रहेको छ ।
कर्णालीका दश जिल्लामध्ये सबैभन्दा धेरै मतदाता सुर्खेतमा छन् । २ लाख ३८ हजार ४ सय ५७ मतादाता भएको सुर्खेतमा पुरुष १ लाख १६ हजार ३ सय ३६ जना छन् भने महिला मतदाताकाे संख्या १ लाख २२ हजार १ सय २१ छ ।
यसैगरी दैलेखमा १ लाख ५८ हजार ४ सय ८९ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । जाजरकोटमा १ लाख ३ हजार ८ सय ६९, रुकुम पश्चिममा १ लाख ४ हजार ४ सय ८२ र सल्यानमा १ लाख ५७ हजार ७ सय १५ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार डोल्पामा २२ हजार ४ सय ४०, मुगुमा ३५ हजार ८९, जुम्लामा ६७ हजार ७ सय ४४ र कालीकोटमा ८० हजार ४ सय १६ तथा हुम्लामा ३२ हजार ५ सय ७१ मतदाता छन् । निर्वाचनका लागि प्रदेशभर ९ सय ७ वटा मतदानस्थल र १ हजार ३ सय ८५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago