कर्णालीमा झण्डै २ लाख मतदाता थपिए, ९ सय ७ मतदानस्थल

कर्णाली: कर्णाली प्रदेशमा झण्डै २ लाख मतदाता थपिएका छन् । पछिल्लो २ वर्षमा १ लाख ८६ हजार ४ सय ३६ मतदाता थपिएका हुन् । २०७४ मा प्रदेशभर ८ लाख १४ हजार ८ सय ४६ मतदाता थिए । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कर्णाली प्रदेशबाट १० लाख मतदाता सहभागी हुन पाउने भएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीअनुसार कर्णालीमा १० लाख १ हजार २ सय ८२ जना मतदाता रहेका छन् । कुल मतदातामध्ये ५ लाख ६ हजार १ सय ८० जना पुरुष छन् भने महिला मतदाताको संख्या ४ लाख ९५ हजार ९९ जना रहेको छ ।
कर्णालीका दश जिल्लामध्ये सबैभन्दा धेरै मतदाता सुर्खेतमा छन् । २ लाख ३८ हजार ४ सय ५७ मतादाता भएको सुर्खेतमा पुरुष १ लाख १६ हजार ३ सय ३६ जना छन् भने महिला मतदाताकाे संख्या १ लाख २२ हजार १ सय २१ छ ।
यसैगरी दैलेखमा १ लाख ५८ हजार ४ सय ८९ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । जाजरकोटमा १ लाख ३ हजार ८ सय ६९, रुकुम पश्चिममा १ लाख ४ हजार ४ सय ८२ र सल्यानमा १ लाख ५७ हजार ७ सय १५ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार डोल्पामा २२ हजार ४ सय ४०, मुगुमा ३५ हजार ८९, जुम्लामा ६७ हजार ७ सय ४४ र कालीकोटमा ८० हजार ४ सय १६ तथा हुम्लामा ३२ हजार ५ सय ७१ मतदाता छन् । निर्वाचनका लागि प्रदेशभर ९ सय ७ वटा मतदानस्थल र १ हजार ३ सय ८५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago