एनआईबिएल समृद्धि फण्ड १ का इकाईधनीहरुलाई लगानी रकम फिर्ता

काठमाडौं: नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको तथा एनआईबिएल एस क्यापिटल लि. योजना व्यवस्थापक रही एनआईबिएल म्युचअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआईबिएल समृद्धि फण्ड १ मिति २०७८/०९/२२ मा परिपक्व भएको छ । “एनआईबिएल समृद्धि फण्ड १” ले आफ्नो इकाईधनीहरुले लगानी गरेको रकम यहि चैत १३, २०७८ बाट फिर्ता गरेको छ। फिर्ता भुक्तानी रकम प्रचलित कानुन बमोजिम कर कट्टा गरी इकाईधनीहरुको हितग्राही खातामा रहेकोे बैंक खातामा नै जम्मा गर्ने व्यहोरा समेत जानकारी गराएको छ।

यस योजनाले १० रुपैयाँ अंकितदरका कुल १० करोड इकाईको सार्वजनिक निष्कासन गरेको थियो। योजनाको अन्तिम प्रति इकाई खुद सम्पत्ति मुल्य १२.७४ रुपैयां कायम भएको छ र सो अनुसारनै फिर्ता भुक्तानी गरिएको छ।

सचांलन अवधि ७ वर्ष रहेको यस योजनाले औषत वार्षिक १७.९९५ प्रतिफल प्रदान गरेको छ। आर्थिक वर्ष २०७७/७८ मा यस योजनाका इकाईधनीहरुले सर्वाधिक ३५५ नगद लाभांश पाएका थिए। आर्थिक वर्ष २०७२/७३, २०७३/७४, २०७४/७५, २०७५/७६ र २०७६/७७ मा भने क्रमशः १५५, १८५, १२५, ६.५५ र १२५ नगद लाभांश लगानीकर्ताहरुले पाएका थिए।

हाल सम्म, यस क्यापिटलले “एनआईबिएल म्युचुअल फण्ड“ अन्तर्गत तीनवटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फण्ड योजनाहरू सञ्चालनमा ल्याइसकेको छ । साथै नयाँ बन्दमुखी योजना “NIBL Growth Fund” नेपाल धितोपत्र बोर्डमा पेश भएर प्रारम्भिक चरणमा रहेको छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago