जनकपुरधाम- धनुषामा मोटरसाइकल दुर्घटनामा परेर चारजना किशोरको मृत्यु भएको छ । सोमबार साँझ करिब ८ बजे धनुषाको सवैला नगरपालिका वडा नं. १२ रघुनाथपुरको नहरचौकदेखि बरकुर्वाको बीच सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो।
त्यस्तै एकजनाको अवस्था गम्भीर रहेको छ । मोटरसाइकल दुर्घटनामा परेर सबैला २ का १२ वर्षीय लक्ष्मी यादव, १५ वर्षीय राहुल यादव, १४ वर्षीय सुमित यादव र १२ वर्षीय बौका यादवको ज्यान गएको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
त्यस्तै १९ वर्षीय सुरेन्द्र यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । पाँचै जना एउटा मोटरसाइकलमा सवार थिए ।
दुर्घटनामा परेर पाँचैजना गम्भीर घाइते भएकोमा उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएकोमा चारजना किशोरलाई चिकित्सकले मृत घोषणा गरका छन् ।
एकजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना कसरी भयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…