जनकपुरधाम- धनुषामा मोटरसाइकल दुर्घटनामा परेर चारजना किशोरको मृत्यु भएको छ । सोमबार साँझ करिब ८ बजे धनुषाको सवैला नगरपालिका वडा नं. १२ रघुनाथपुरको नहरचौकदेखि बरकुर्वाको बीच सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो।
त्यस्तै एकजनाको अवस्था गम्भीर रहेको छ । मोटरसाइकल दुर्घटनामा परेर सबैला २ का १२ वर्षीय लक्ष्मी यादव, १५ वर्षीय राहुल यादव, १४ वर्षीय सुमित यादव र १२ वर्षीय बौका यादवको ज्यान गएको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
त्यस्तै १९ वर्षीय सुरेन्द्र यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । पाँचै जना एउटा मोटरसाइकलमा सवार थिए ।
दुर्घटनामा परेर पाँचैजना गम्भीर घाइते भएकोमा उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएकोमा चारजना किशोरलाई चिकित्सकले मृत घोषणा गरका छन् ।
एकजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना कसरी भयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…