स्थानीयको भरोसा बटुल्दै जगदुल्ला जलविद्युत आयोजना

स्वदेशी लगानीमा निर्माण हुन लागेको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययनदेखि निर्माण चरणको गति तीव्र देखिएको छ। जटिल भूबनोट तथा सडक सञ्जालसँग नजोडिएको आयोजना भए पनि कामको गति बढेको स्थानीयले बताएका छन्।

आयोजनाको सार्वजनिक सुनुवाइको क्रममा स्थानीयवासीले काम गर्ने तरिका राम्रो भएको भन्दै डोल्पा मात्र नभई कर्णालीकै भविष्यसँग जोडिएको आयोजना भएकाले राज्यले बढी ध्यान दिनुपर्ने बताएका थिए। सञ्चारदेखि अन्य कुनै पनि माध्यमबाट सहज नभएको ठाउँका आयोजनाको निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाको कुशल नेतृत्वकै कारण सबै काम गर्न सहज भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए।
‘सर्वसाधारण, स्थानीय सरकारदेखि आयोजना प्रमुख सापकोटाको कुशल नेतृत्व भएकै कारण जगदुल्ला जलविद्युत आयोजना (१०६ मेगावाट) कामले गति लिएको छ,’ उनले भने।

मुड्केचुला गाउँपालिका-४ इलमा विद्युत उत्पादनगृह निर्माण हुनेछ। जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा मुख्य ड्याम रहने छ। यही आयोजनासँग निर्माण गर्ने भनिएको नलगाड जलविद्युत आयोजना (४१७ मेगावाट) को डिपिआरसमेत सम्पन्न हुन सकेको छैन।

३१ महिनाभित्र डिपिआर सकिने सहमति भए पनि झन्डै ६७ महिनासम्म नबन्दा समस्या देखिएको छ। डिपिआर सम्पन्न गर्न चारपटकसम्म म्याद नै थपिएको छ, तर अहिलेसम्म प्रगति शून्य छ। २० अर्ब लगानीमा निर्माण हुन लागेको यो आयोजनाबाट दैनिक एक करोड २० लाख आम्दानी गर्ने अपेक्षा लिइएको छ।
उज्यालो नेपाल अभियानमार्फत राज्यलाई आत्मनिर्भर समुन्नत र समृद्ध बनाउन तथा मुलुकको ऊर्जा विकासमा टेवा पुर्याउन विधिवत रूपमा कम्पनी ऐनअनुसार १६ जेठ ०७४ मा कम्पनीको स्थापना गरिएको थियो। कम्पनीले छोटो समयमा आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन प्राप्त गरि वातावरणीय प्रभाव मूल्यांकन कार्यअन्तर्गत सार्वजनिक सुनुवाइसमेत गरिसकेको छ।
आयोजनाको विद्युतगृह स्थल इलमा थप भौगर्भिक अध्ययन कार्यका लागि निर्माण गरिरहेको टेष्ट अडिट टनेलको समेत प्रगति ८० प्रतिशत सम्पन्न गरिसकेको बताएको छ। कुल चार सय मिटर लम्वाइ रहेको नमुना परीक्षण सुरुङमा ३२० मिटर खन्ने काम सम्पन्न भएको छ। अस्थायी कार्यालय तथा आवास भवनको निर्माण कामसमेत सम्पन्न गरिसकेको छ।
जटिल भूगोल र हेलिकोप्टरबाट लिइएका सामग्रीबाट त्यहाँको नमुना परीक्षण हुने गरेको छ। आयोजनाका लागि आवश्यक पर्ने २६० रोपनी जग्गा अधिग्रहण र मुआव्जाको काम अघिल्लो वर्ष नै भइसकेको छ। विस्तृत परियोजना प्रतिवेदनको कामसमेत अघिल्लो वर्ष सम्पन्न भइसकेको छ।
आयोजनाको पहुँचमार्ग जाजरकोट–डोल्पा सडक त्रिवेणीबाट करिब ४५ किलोमिटर सहायक सडक निर्माण गरि आयोजनास्थल मुड्केचुला र जगदुल्ला सडक खण्ड निर्माण गर्नुपर्ने बाध्यता छ। डोल्पास्थित प्रदेश सरकार माताहत रहेको भौतिक पूर्वाधार कार्यालय तथा स्थानीय पालिकासँग कम्पनीले सहकार्य गरि करिब ३० किलोमिटर ट्रयाक खोल्ने कार्य सम्पन्न गरिसकेको छ।
प्रदेशसभा सदस्य वीरबहादुर शाहीले आयोजनाको काम सन्तोषजनक भएको भन्दै थप प्रगतिका लागि अहिले टिमलाई पूर्ण जिम्मेवारी दिई कामलाई गति दिनुपर्ने बताए। यो आयोजनाबाट उत्पादन गरिएको विद्युत रुकुम पश्चिमको बाँफिकोटमा विद्युत प्राधिकरणको निर्माणाधीन सवस्टेसनमा ल्याएर जोडिने छ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदनअनुसार आयोजना निर्माणको कुल लागत २० अर्ब लाग्ने अनुमान गरिएको हो । तर, यसअघि २३ अर्ब लागत अनुमान गरिएको आयोजनाका निमित्त कार्यकारी प्रमुख सापकोटाले जानकारी दिए। करिब ६ दशमलव १ किलोमिटर भूमिगत सुरुङ निर्माण गरि इलस्थित तीन सय मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ।
कुल तीन सय सात मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि भौगोलिक विकटताका कारण एक सय ६ मेगावाट मात्र विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जानकारी दिएको छ।
जगदुल्ला गाउँपालिका-१, हुरिकोटमा २३ मिटर उचाइको जलाशययुक्त ड्याम निर्माण हुनेछ । ६ घन्टा पानी थुनेर आयोजना सञ्चालन गरिने छ। आयोजना निर्माणका लागि १० प्रतिशत सेयर स्थानीयवासीले पाउनेछन् ।
आयोजना निर्माणका लागि आवश्यक विद्युतका निम्ति इलस्थित फेदीखोलाबाट दुई मेगावाट र काइगाउँस्थित स्थानीयखोलाबाट दुई मेगावाट विद्युत् उत्पादन गर्न सम्भाव्यता अध्ययनको काम सुरु गर्न लागिएको छ । आयोजना निर्माणस्थलमा घर नभएका कारण आयोजना निर्माणका लागि समस्या नभएको प्रमुख सञ्जय सापकोटाले जानकारी दिए।
तीन करोड लागतमा जगदुल्लाबाट मुड्केचुलाको सर्मीसम्म सडकको काम सुरु भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण तोकिएको समयमा सम्पन्न हुन मुस्किल देखिएको छ ।
काइगाउँबाट मुड्केचुलासम्म जोड्ने सडकको काम पाँच करोड रुपैयाँमा सुरु गरिएको प्रदेश सभा सदस्य शाहीले जानकारी दिए।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago