नेकपा माओवादीका अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनाव बैशाखमै हुने संकेत गरेका छन् । शनिबार बस्ने पाँच दलीय गठबन्धनको बैठकले यसबारे टुंगो लगाउने भएको छ । माओवादी अध्यक्ष प्रचण्ड बैशाखमा स्थानीय चुनाव गर्न तयार देखिएका छन् ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गरेपछि अध्यक्ष प्रचण्ड सिंहदरबारमा माओवादीका ६ मन्त्रीहरुसँग बैठक बसेका थिए । त्यहाँ उनले अब चाँडै निर्वाचन आचारसंहिता लाग्न सक्ने मन्त्रीहरुलाई बताए ।

सरकार सञ्चालनसम्बन्धी माओवादीद्वारा गठित आन्तरिक संयन्त्रको बैठकमा सहभागी एक मन्त्रीले रातोपाटीसँग भने, ‘अध्यक्षज्यूको भनाइ सुन्दा स्थानीय चुनाव बैशाखमै हुने संकेत देखियो । चुनाव गर्न नसकेको आरोपसहित चौतर्फी दबाव झेल्नुभन्दा बैशाखमै स्थानीय चुनाव गर्ने प्रधानमन्त्रीको चाहना रहेछ भन्ने बुझियो ।’

निर्वाचन आयोग, राष्ट्रपति कार्यालय र प्रमुख प्रतिपक्षले समेत एकमुख भएर बैशाखमै चुनाव हुनुपर्ने दबाव दिइरहेका बेला शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच त्रिपक्षीय छलफल भएको थियो । सो छलफलपछि स्थानीय चुनावबारे औपचारिक सहमति जुटाउन शनिबार पाँच दलीय गठबन्धनको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा चौतर्फी दबाव झेल्नुभन्दा बैशाखमै स्थानीय तहको चुनाव गर्ने मुढमा सुरु देखि नै थिए । स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्ड विहीबार नै स्थानीय चुनाव बैशाखमै होस् भन्नेमा पुगेका थिए । शुक्रबार बालुवाटार जाँदै गर्दा उनले माधव कुमार नेपाललाई टेलिफोन गरेर कन्भिन्स गरेको स्रोतको दाबी छ । त्यसपछि नेता नेपाल पनि थप छलफलका लागि बालुवाटार पुगेका थिए ।

बालुवाटारमा गठबन्धन दलका तीन शीर्ष नेताले आपसी छलफल गरेपछि त्यहीँ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई पनि बोलाइएको थियो । थपलियाले स्थानीय चुनाव अहिलेकै कानूनअनुसार हुने बताएका थिए । संसद नचलेको अवस्थामा सरकारले ऐन संशोधन गर्ने वा अध्यादेश जारी गर्ने भए बेग्लै कुरा, नत्र आयोगले अहिलेकै कानूनमा टेक्नुपर्ने हुन्छ भन्दै थपलियाले प्राविधिक र कानूनी जटिलताबारे जानकारी गराएका थिए ।

प्रमुख आयुक्तसँगको छलफलपछि सत्ता गठबन्धनका नेताहरुले आयोगलाई तयारी अगाडि बढाउन आग्रह गर्दै शनिबार पाँचदलीय गठबन्धनको बैठक राखेर थप निर्णय गर्ने बताएका थिए । स्रोतका अनुसार शनिबार पाँचदलीय गठबन्धनको बैठकले आगामी बैशाख वा जेठमा स्थानीय तहको निर्वाचनमा जाने सहमति जुटाउने सम्भावना बढेको छ ।

बालुवाटारमा तीन नेताको छलफल सकेर सिंहदरबारमा आफ्नो पार्टीका ६ जना मन्त्रीहरुको रिपोर्टिङ सुनेका प्रचण्डले समसामयिक परिस्थितिबारे आ–आफ्नो भनाइ राखेका थिए । यसक्रममा उनले मन्त्रीहरुले राम्रो काम गर्नुभएको रहेछ भन्दै प्रशंसासमेत गरेका थिए ।

प्रचण्डको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने,‘तपाईहरुले राम्रो काम गर्ने प्रयास गरिरहनुभएको रहेछ, यस्तो बैठक धेरै पहिले नै हुनुपथ्र्यो, ढिलो भयो । अब चुनाव पनि आउन सक्छ, आचार संहिता लाग्न सक्छ, त्यसलाई मध्यनजर गरेर लोकप्रिय काम गर्नुहोला ।’

प्रचण्डको अध्यक्षमा बनेको सरकार सञ्चालनसम्बन्धी कार्यदलको बैठकमा सचिव हरिबोल गजुरेलले सञ्चालकको भूमिका खेलेका थिए । प्रमुख सचेतक देव गुरुङसमेत अतिथिका रुपमा निम्त्याइएका थिए । बैठकमा बोल्दै गुरुङले चुनाव आउन लागेको हुँदा सरकारले लोकप्रिय कामहरु गर्नुपर्ने बताएका थिए ।

तीन घण्टा लामो बैठकमा मन्त्रीहरुले आफूले गरेका काम र योजनाबारे प्रचण्डसमक्ष रिपोर्टिङ गरेका थिए । उर्जामन्त्री फम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले ६ महिने कार्यकालको रिपोर्टिङ गरेका थिए भने अन्य ३ जना मन्त्री र एक राज्यमन्त्रीले तीन महिने कार्यकालको विवरण प्रस्तुत गरेका थिए ।

भूमिसुधार मन्त्री शशी श्रेष्ठ, शिक्षामन्त्री देवेन्द्र पौडेल र खेलकुद मन्त्री महेश्वरजंग गहतराजले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण प्रस्तुत गरेका थिए । मन्त्री गहतराजले आफूले गरेका केही नियुक्तिहरु सर्वोच्च अदालतले उल्ट्यादिएको भन्दै गुनासो पोखेका थिए । बैठकमा शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादवले पनि आफ्नो कामको विवरण प्रस्तुत गरेकी थिइन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago