प्रचण्ड बैशाखमा स्थानीय चुनाव गर्न तयार

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनाव बैशाखमै हुने संकेत गरेका छन् । शनिबार बस्ने पाँच दलीय गठबन्धनको बैठकले यसबारे टुंगो लगाउने भएको छ । माओवादी अध्यक्ष प्रचण्ड बैशाखमा स्थानीय चुनाव गर्न तयार देखिएका छन् ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गरेपछि अध्यक्ष प्रचण्ड सिंहदरबारमा माओवादीका ६ मन्त्रीहरुसँग बैठक बसेका थिए । त्यहाँ उनले अब चाँडै निर्वाचन आचारसंहिता लाग्न सक्ने मन्त्रीहरुलाई बताए ।

सरकार सञ्चालनसम्बन्धी माओवादीद्वारा गठित आन्तरिक संयन्त्रको बैठकमा सहभागी एक मन्त्रीले रातोपाटीसँग भने, ‘अध्यक्षज्यूको भनाइ सुन्दा स्थानीय चुनाव बैशाखमै हुने संकेत देखियो । चुनाव गर्न नसकेको आरोपसहित चौतर्फी दबाव झेल्नुभन्दा बैशाखमै स्थानीय चुनाव गर्ने प्रधानमन्त्रीको चाहना रहेछ भन्ने बुझियो ।’

निर्वाचन आयोग, राष्ट्रपति कार्यालय र प्रमुख प्रतिपक्षले समेत एकमुख भएर बैशाखमै चुनाव हुनुपर्ने दबाव दिइरहेका बेला शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच त्रिपक्षीय छलफल भएको थियो । सो छलफलपछि स्थानीय चुनावबारे औपचारिक सहमति जुटाउन शनिबार पाँच दलीय गठबन्धनको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा चौतर्फी दबाव झेल्नुभन्दा बैशाखमै स्थानीय तहको चुनाव गर्ने मुढमा सुरु देखि नै थिए । स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्ड विहीबार नै स्थानीय चुनाव बैशाखमै होस् भन्नेमा पुगेका थिए । शुक्रबार बालुवाटार जाँदै गर्दा उनले माधव कुमार नेपाललाई टेलिफोन गरेर कन्भिन्स गरेको स्रोतको दाबी छ । त्यसपछि नेता नेपाल पनि थप छलफलका लागि बालुवाटार पुगेका थिए ।

बालुवाटारमा गठबन्धन दलका तीन शीर्ष नेताले आपसी छलफल गरेपछि त्यहीँ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई पनि बोलाइएको थियो । थपलियाले स्थानीय चुनाव अहिलेकै कानूनअनुसार हुने बताएका थिए । संसद नचलेको अवस्थामा सरकारले ऐन संशोधन गर्ने वा अध्यादेश जारी गर्ने भए बेग्लै कुरा, नत्र आयोगले अहिलेकै कानूनमा टेक्नुपर्ने हुन्छ भन्दै थपलियाले प्राविधिक र कानूनी जटिलताबारे जानकारी गराएका थिए ।

प्रमुख आयुक्तसँगको छलफलपछि सत्ता गठबन्धनका नेताहरुले आयोगलाई तयारी अगाडि बढाउन आग्रह गर्दै शनिबार पाँचदलीय गठबन्धनको बैठक राखेर थप निर्णय गर्ने बताएका थिए । स्रोतका अनुसार शनिबार पाँचदलीय गठबन्धनको बैठकले आगामी बैशाख वा जेठमा स्थानीय तहको निर्वाचनमा जाने सहमति जुटाउने सम्भावना बढेको छ ।

बालुवाटारमा तीन नेताको छलफल सकेर सिंहदरबारमा आफ्नो पार्टीका ६ जना मन्त्रीहरुको रिपोर्टिङ सुनेका प्रचण्डले समसामयिक परिस्थितिबारे आ–आफ्नो भनाइ राखेका थिए । यसक्रममा उनले मन्त्रीहरुले राम्रो काम गर्नुभएको रहेछ भन्दै प्रशंसासमेत गरेका थिए ।

प्रचण्डको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने,‘तपाईहरुले राम्रो काम गर्ने प्रयास गरिरहनुभएको रहेछ, यस्तो बैठक धेरै पहिले नै हुनुपथ्र्यो, ढिलो भयो । अब चुनाव पनि आउन सक्छ, आचार संहिता लाग्न सक्छ, त्यसलाई मध्यनजर गरेर लोकप्रिय काम गर्नुहोला ।’

प्रचण्डको अध्यक्षमा बनेको सरकार सञ्चालनसम्बन्धी कार्यदलको बैठकमा सचिव हरिबोल गजुरेलले सञ्चालकको भूमिका खेलेका थिए । प्रमुख सचेतक देव गुरुङसमेत अतिथिका रुपमा निम्त्याइएका थिए । बैठकमा बोल्दै गुरुङले चुनाव आउन लागेको हुँदा सरकारले लोकप्रिय कामहरु गर्नुपर्ने बताएका थिए ।

तीन घण्टा लामो बैठकमा मन्त्रीहरुले आफूले गरेका काम र योजनाबारे प्रचण्डसमक्ष रिपोर्टिङ गरेका थिए । उर्जामन्त्री फम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले ६ महिने कार्यकालको रिपोर्टिङ गरेका थिए भने अन्य ३ जना मन्त्री र एक राज्यमन्त्रीले तीन महिने कार्यकालको विवरण प्रस्तुत गरेका थिए ।

भूमिसुधार मन्त्री शशी श्रेष्ठ, शिक्षामन्त्री देवेन्द्र पौडेल र खेलकुद मन्त्री महेश्वरजंग गहतराजले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण प्रस्तुत गरेका थिए । मन्त्री गहतराजले आफूले गरेका केही नियुक्तिहरु सर्वोच्च अदालतले उल्ट्यादिएको भन्दै गुनासो पोखेका थिए । बैठकमा शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादवले पनि आफ्नो कामको विवरण प्रस्तुत गरेकी थिइन् ।

Comments
Kamal Panthi

Recent Posts

“सरकारलाई चुनौती: रवि लामिछानेको ‘मान्छे बेचेर होइन, बचाएर आएको’ भनाइ”

"रवि लामिछानेले भने: 'धरपकड सह्य नहुने, म राजनीति बचाउन आएको हुँ'" राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…

55 years ago

“साइबर अपराधमा दुर्गा प्रसाईंको पक्राउ: अदालतले अनुसन्धानका लागि ३ दिनको म्याद दियो”

काठमाडौं – साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडाैं जिल्ला अदालतले थुनामा…

55 years ago

“एमाले र बालेन: शब्दयुद्ध होइन, काममा प्रतिस्पर्धा जरुरी – शेरबहादुर तामाङ”

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले धरहराको सञ्चालनको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरलाई…

55 years ago

लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको नाचघरमा स्थलगत र प्राविधिक कामहरू धमाधम

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको  स्थलगत र प्राविधिक कामहरू…

55 years ago

मिस्टर काठमाडौंको उपाधि जितेको ४ दिनमै प्रकाशको हृदयघातका कारण निधन

काठमाडौं, पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र…

55 years ago

नेपाली ब्यवसायी संघ जापानको दोस्रो अधिवेशनको तयारी पुरा ।

टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली ब्यवसायी संघ (NBA) जापानमाम दोस्रो अधिवेशनको तयारी अन्तिम…

55 years ago