सेन्ट्रल फाइनान्स लिमिटेड (CFCL) आम्दानीमा १५.०३% को वृद्धि

सेन्ट्रल फाइनान्स लिमिटेड (CFCL) ले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.३.५० करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा २०.३४% ले कमी रहेको छ। खुद नाफा घटेसँगै कम्पनीको प्रति शेयर आम्दानी पनि रु.१०.६७ बाट घटेर रु.७.९५ कायम हुन आएको छ।

व्याज आम्दानीमा १५.०३% को वृद्धि, खुद व्याज आम्दानीमा १३.१२% को वृद्धि आए पनि कर्जा तथा अन्य नोक्सानी व्यवस्था बढेकोले कम्पनीको खुद नाफामा गिरावट आएको हो।

रु.८८.१० करोड चुक्ता पूंजी रहेको फाइनान्सको जगेडा तथा कोष १.०४% ले बढेर रु.३५.८९ करोड पुगेको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात ४०.७५% रहेको छ। यस्तै, फाइनान्सको कुल शेयरधनीकोष पनि वृद्धि भएर रु.१.२४ अर्ब कायम भएको छ। शेयरधनीकोष बढे पनि शेयर संख्या बढेकोले कम्पनीको प्रति शेयर किताबी मुल्य रु.१४३.१५ बाट घटेर रु.१४०.७५ कायम हुन आएको छ।

राष्ट्रिय स्तरमा कारोबार गर्ने फाइनान्सको व्यवसायमा राम्रो वृद्धि देखिएको छ। दोश्रो त्रैमास सम्ममा ग्राहकहरु बाट रु.५.७६ अर्ब निक्षेप संकलन गरी रु.४.९४ अर्ब कर्जा प्रवाह गरेको छ। निक्षेप संकलन र कर्जा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमश ९.५६% र ३८.७७% ले बढेको छ।

त्यस्तै, अघिल्लो आ. व. को सोही अवधिमा ३.२२% रहेको निष्कृय कर्जा अनुपात घटेर १.६१% कायम हुन आएको छ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago