विदेशमा वस्ने गैर–आवासीय नेपालीहरुले अब अनलाइन खाता

नेपाल बैंक लिमिटेड (NBL) ले गैर–आवासीय नेपालीहरुलाई लक्षित गरि आकर्षक सुविधाहरु सहितका एनआरएन निक्षेप खाताहरु संचालनमा ल्याएको छ । विदेशमा वस्ने गैर–आवासीय नेपालीहरुले अब अनलाइनबाट नेपाल बैंक लि. मा बिदेशी मुद्रामा बचत र मुद्दती खाता खोल्न सक्नेछन् ।

अमेरिकी डलर, पाउन्ड स्टर्लिंग र अष्ट्रेलियन डलरमा नेपाल बैंक लिमिटेडमा बचत तथा मुद्दती खाता खोल्दा उच्चतम व्याज दिने बैंकले जनाएको छ । अमेरिकी डलरमा बचत तथा मुद्दती खाता खोल्दा बार्षिक व्याजदर क्रमश ४.५% र ५% दिने बैंकले जनाएको छ भने अन्य विदेशि मुद्राको निक्षेपमा पनि आकर्षक व्याजदर दिने बैंकले जनाएको छ । बचत तथा मुद्दती खाता दुबैमा न्युनतम मौज्दात अमेरिक डलर ५,००० वा सो वरावरको अन्य विदेश मुद्रा हुनुपर्ने छ ।

एनआरएन खाता गैर–आवासीय नेपाली तथा गैर आवासीय नेपालीबाट प्रबद्र्घित विदेश स्थित संस्थाको नाममा र गैर–आवासीय नेपालीको नाममा संयुक्त रुपमा पनि खाता खोल्न सकिने बैंकले जनाएको छ । यो खाता खोल्नको लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर–आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समावेश गर्नुपर्दछ साथै बैंकिङ्ग प्रणालीबाट मात्र रकम जम्मा गर्न र फिर्ता गर्न सकिने समेत बैंकले जनाएको छ भने मुद्दती खाता कम्तिमा १ बर्ष वा सो भन्दा बढी अवधिको लागि खोल्न सकिने छ ।

नेपाल अधिराज्यभर २१३ शाखाहरु, १४८ एटिएम मेसिन साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यस बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढीरहेको छ । विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत दशैभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । विदेशमा रहेका नेपालीहरुको समेत अत्यन्त आकर्षक नेपाल बैंक लि. ले संचालनमा ल्याएका नयाँ एनआरएन निक्षेप योजनाले गैर आवासीय नेपालीहरुलाई अनलाइनबाट नै सहज रुपमा नेपालमा बचत गर्ने अवसर प्रदान गरेको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago