मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंक लिमिटेडले १० करोड ४८ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले बैंकको विभिन्न कोषहरूमा रहेको उक्त रकम ३६५ दिनका लागि (२०७८ साल फागुन २ गतेदेखि २०७९ साल फागुन १ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको बैंकले जनाएको छ ।

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ८ करोड ३९ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा एक करोड ५७ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ५२ लाख रुपैयाँ गरी कूल १० करोड ४८ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले माघ १८ गते राति १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्ने जनाएको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago