काठमाण्डौ – राजनीतिक ध्रुवीकरणसँगै देशमा मूठभेडको खतरा बढेको छ । सत्ता गठबन्धनका ५ दल र विपक्षी समूह आ आफ्नो मोर्चा कस्न थालेका छन् ।

सत्ता गठबन्धनका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । गठबन्धनलाई चुनौती दिन नेकपा एमालेले अर्को मोर्चा तयार गरिसकेको छ ।

एमालेले मधेश केन्द्रित दलहरुमा लोकतान्त्रिक समाजवादी पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीसँग सम्बन्ध विकास गरेको छ । लोसपासँग चुनावमा गठबन्धन समेत बनायो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पनि एमालेसँग नजिकिएको छ । यसरी एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई चुनौती दिन समूह तयार गरिसकेका छन् ।

एमालेले स्थानीय निर्वाचन वैशाखभित्र गर्नुपर्ने माग गर्दै आएको छ । गठबन्धन निर्वाचनसम्बन्धी कानून सशोधन गरेर मंसिरपछि मात्र चुनाव गर्न खोजिरहेको छ । यसको विरोधमा एमाले उत्रन थालिसकेको छ । उसले सडक संघर्षको चेतावनी दिएको छ ।

चुनाव पछि धकेल्ने सत्ता गठबन्धनको रणनीतिमा एमालेसहित निकट दलहरु विरोधमा उत्रने तयारीमा छन् । यसले देशमा राजनीतिक मूठभेडको सम्भावना बढाएको छ ।

मुख्य दलहरुबीचको ध्रुवीकरणसँगै सम्भावित टकरावले ठूलो संकटको सम्भावना बढाएको छ । संविधान बमोजिम समयमै चुनाव नहुँदा ऐन संशोधनबाट मिलाउन खोजेपनि अदालतको फैसलामा भर पर्ने अवस्था हुन्छ । विगतमा केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन दुईपटक गरेपनि अदालतको फैसलाले निर्णय उल्टिएन मात्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी भयो । विगत घटनाले पनि संविधान बमोजिम समयमै चुनाव नगर्ने हो भने ठूलै राजनीतिक संकटको सम्भावना देखिनथालेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago