काठमाण्डौ – राजनीतिक ध्रुवीकरणसँगै देशमा मूठभेडको खतरा बढेको छ । सत्ता गठबन्धनका ५ दल र विपक्षी समूह आ आफ्नो मोर्चा कस्न थालेका छन् ।

सत्ता गठबन्धनका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । गठबन्धनलाई चुनौती दिन नेकपा एमालेले अर्को मोर्चा तयार गरिसकेको छ ।

एमालेले मधेश केन्द्रित दलहरुमा लोकतान्त्रिक समाजवादी पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीसँग सम्बन्ध विकास गरेको छ । लोसपासँग चुनावमा गठबन्धन समेत बनायो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पनि एमालेसँग नजिकिएको छ । यसरी एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई चुनौती दिन समूह तयार गरिसकेका छन् ।

एमालेले स्थानीय निर्वाचन वैशाखभित्र गर्नुपर्ने माग गर्दै आएको छ । गठबन्धन निर्वाचनसम्बन्धी कानून सशोधन गरेर मंसिरपछि मात्र चुनाव गर्न खोजिरहेको छ । यसको विरोधमा एमाले उत्रन थालिसकेको छ । उसले सडक संघर्षको चेतावनी दिएको छ ।

चुनाव पछि धकेल्ने सत्ता गठबन्धनको रणनीतिमा एमालेसहित निकट दलहरु विरोधमा उत्रने तयारीमा छन् । यसले देशमा राजनीतिक मूठभेडको सम्भावना बढाएको छ ।

मुख्य दलहरुबीचको ध्रुवीकरणसँगै सम्भावित टकरावले ठूलो संकटको सम्भावना बढाएको छ । संविधान बमोजिम समयमै चुनाव नहुँदा ऐन संशोधनबाट मिलाउन खोजेपनि अदालतको फैसलामा भर पर्ने अवस्था हुन्छ । विगतमा केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन दुईपटक गरेपनि अदालतको फैसलाले निर्णय उल्टिएन मात्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी भयो । विगत घटनाले पनि संविधान बमोजिम समयमै चुनाव नगर्ने हो भने ठूलै राजनीतिक संकटको सम्भावना देखिनथालेको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago